रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् ।
कार्कीले काँग्रेसमा प्रवेश गर्दै एक प्रेस विज्ञप्ति समेत जारी गरेको छ । कार्कीले विज्ञप्तिमा भनेको छ “ म विगत दश वर्ष देखी नेपाली काँग्रेसको सदस्य लिएर पार्टीको जिम्मेवारी निर्वाह गर्दै आएको थिए” । “स्थानीय तहको निर्वाचन बाट पार्टीको साथीभाइ र नेताको व्यवहार प्रति असन्तुष्टि भएर पार्टीमा निष्क्रिय भएर बसेको थिए” । “तर नेकपा एमालेका केही नेताहरूले आफूलाई विभिन्न प्रलोभनमा पारी नेकपा एमालेमा प्रवेश गराएको भए पनि आफू पुनः नेपाली काँग्रेसमा प्रवेश गरेको उल्लेख गरेको छ” ।