रामेछाप । राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले प्रकाश कार्कीलाई पुनः जिल्ला युवा समिति रामेछापको अध्यक्षमा नियुत्ती गरेको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले कार्कीलाई पुनः समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो । कार्की नेकपा वली समुहको रामेछापका नेता समेत हुन उनले यसअघि २०७३ साल देखि ०७७ साल साउन सम्म जिल्ला युवा समिति रामेछापको अध्यक्ष भएर काम गरेका थिए । कार्कीलाई आगामी चार बर्षको लागि नियुक्ति गरिएको युबा परिषदको बोर्डले बताएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...