कानूकी जटिलताका कारण निर्माणको काममा समस्या ः अध्यक्ष सिंह

Written by meropradesh creator

१४ आश्विन २०८०, आईतवार

रामेछाप । नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले नेपालको ऐन तथा कानूकी जटिलताका कारण निर्माणको काममा ढिला सुस्ती हुने गरेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घ रामेछापको १४ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कानूकी जटिलताका कारण निर्माण कार्य ढिला हुने गरेको बताउँदै समस्या समाधानको लागि भर्खरै सम्पन्न निर्माण व्यवसायीको आन्दोलन ठुलो काम परिवर्तन ल्याउने आफूमा अपेक्षा रहेको बताए ।
उक्त आन्दोलन बाट निर्माण कार्य समयमै सम्पन्न हुन नसक्नुको कारण निर्माण व्यवसायी मात्रै हैन रहेछ भन्ने कुरामा आम नागरिक र सरकार प्रस्ट भएको बताए । समयमै काम सम्पन्न नहुनुमा बजेट अभाव, समयमै म्याद थप नहुनु, सरकारकै ऐन तथा कानूकी जटिलता लगायतका कारणहरू रहेको अध्यक्ष सिंह भनाई रहेको छ । सरकारसँग पर्याप्त बजेट नहुँदा नहुँदै ठुला आयोजना अगाडि बढाउने र त्यस्ता आयोजनाको जिम्मा लिने निर्माण व्यवसायीले सबै प्रक्रिया नबुझ्दा ठुलो समस्या आएको बताउँदै त्यसको समाधानको लागि पनि नेपाल निर्माण व्यवसायी महासङ्घले पहल गरिरहेको उनले बताएका छन् ।
सरकारले अहिले बनाउन लागेको विभिन्न ऐनहहरु पुर्वधारमैत्री र निर्माण उद्योगमैत्री बनाउनको लागि नेपाल निर्माण व्यवसायी महासङ्घले पहल गरिरहेको पनि अध्यक्ष सिंहले बताए । मुलुकमा भने जति राजस्व नउठेको कारण निर्माणको क्षेत्र खुम्चिएको अवस्थामा रहेकाले सरकारले ल्याएको पाँच अर्बको सिलिङलाई घटाएर कार्यान्वयन गर्नु पर्ने माग महासङ्घले राखेको पनि उनले बताए ।
साथै गर्नै नसक्ने मूल्यमा ठेक्का लिँदा निर्माण व्यवसायीको छवि र घरबार दुवै बिग्रने बताएका छन् । सिंहले निर्माण व्यवसायीहरूले काम नगरी बस्दा केही समस्या नआउने तर, अति घटी मूल्यमा काम जिम्मा लिएर गर्न नसक्दा व्यवसायीहरूको छवि र घरबार दुवै बिग्रने बताएका हुन् । उनले अहिले थोरै काम भएको र अत्यधिक प्रतिस्पर्धा हुने हुँदा पनि त्यस्तो समस्या आउने भएकाले काम गर्ने व्यवसायीहरूले धेरै पटक सोचेर मात्रै काम गर्नु पर्ने बेला आएको बताए ।
व्यवसायीहरूले आफ्नो कामलाई चुस्त दुरुस्त राख्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरू लिन आम निर्माण व्यवसायीलाई अनुरोध गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घले पनि तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले रामेछाप जिल्ला निर्माण व्यवसायी सङ्घको कार्यालयलाई थप व्यवस्थित बनाउन आग्रह गर्दै अर्को ठाउँमा कार्यालय बनाउनु परेमा केन्द्रीय कार्य समितिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए
रामेछाप निर्माण व्यवसायी सङ्घका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घ केन्द्रका अध्यक्ष  लगायत पदाधिकारी, रामेछापका प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ बागमती प्रदेशका अध्यक्ष, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...