काँंग्रेस नेत्री खड्काले दिइन् बिद्यालयलाई टिभि

Written by meropradesh creator

११ पुष २०७७, शनिबार

रामेछाप । जिल्लाको सुनापाती गाउँपालिका वडा नं–४ बेथानमा रहेको खाँडादेवी आधारभुत बिद्यालयलार्ई नेपाली कांग्रेसकी नेत्री एवं महाधिबेसन प्रतिनिधी बिनिता खड्काले एकथान टिभि प्रदान गरेकी छिन् ।
विश्व आधुनिक शिक्षातर्फ उन्मुख भइसक्दा पनि विद्यालयले पुरानै शैलिमा विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई पढाउँदै आएको भन्दै विद्यार्थीहरुको सिप र क्षमता बिकासको लागि विद्यालयलाई टिभि प्रदान गरेको खड्काले जानकारी दिइन ।

जिल्लाको ग्रामिण भेगमा रहेको खाँडादेवी आधारभुत विद्यालयलाई प्रदान गरेको टिभिले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको क्षमता बिकासको लागि बहुतै उपयोगी हुने भन्दै काँग्रेस नेतृ खड्कालाई सो बिद्यालयका प्रधानध्यापक इन्द्रबहादुर खड्काले धन्यबाद व्यक्त गरे । उनले भने– आगामी दिनमा पनि विद्यालय परिवारले यसरी नै सहयोगको अपेक्षा गरेको छौं ।
टिभि हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांँग्रेसका पूर्ब पार्टी सभापती रामचन्द्र खड्का, महाधिबेसन प्रतिनिधी भरत चौलागाई, रामेछाप क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका प्रदेश सभा सदस्यका उमेरद्वार जितबहादुर मगर, काँग्रेस नेता भुवन खड्का इकाई सभापती जनक खड्का लगायतले शिक्षा क्षेत्रको विकास नभएसम्म देश विकास सम्भब नभएको भन्दै सबै भन्दा पहिला शैक्षिक क्षेत्रको विकास आवश्यक्ता रहेको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...