रामेछाप । नेपाली काँग्रेसको हिमाली जिल्लामा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत रामेछापबाट महाधिवेशन प्रतिनिधि जानेहरुमा पार्टीको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको पक्ष बलियो देखिएको छ ।
रामेछापवाट महाधिवेशनमा जाने कुल २७ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये सिटौला पक्षाबट १३ जना परेका छन् । त्यस्तै पार्टी सभापति शेरवहादुर देउवा पक्षवाट ५ जना, पार्टी उपसभापति एवं वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षवाट ४ जना मात्रै महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । त्यसैगरी काँग्रेस महाधिवेशनमा पार्टी सभापतिको आंकाक्षि मानिएका विमलेन्द्र निधी, प्रकाशनमान सिंह र शेखर कोइरालाको पक्षमा एक–एक जना मात्रै महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
रामेछापवाट महाधिवेशन प्रतिनिधि जितेर जानेहरु मध्ये सिटौला पक्षतर्फ अर्जुन कुमार के.सी., भरतप्रसाद चौलागाई, रत्नहरी ढुगेल, झपडराज भण्डारी, बिनिता खड्का, एन्जिला न्यौपाने, नरवहादुर थापामगर रहेका छन् । त्यस्तै सिटौलाकै पक्षमा जितेन्द्रकुमार मोक्तान, कुमारी हायु, रामकुमारी डाँगी, खमला थापामगर, महेश कुमार कार्की र शुक्र माझी रहेका छन् ।
त्यसैगरी पार्टी सभापति शेरवहादुर देउवा पक्षमा रामेछापवाट महाधिवेशन प्रतिनिधि जानेहरुमा पार्टी सभापति पूर्णवहादुर तामाङ्ग (कान्छाराम) गंगा अधिकारी, उषा कार्की, बलवहादुर दमाई र फुुर्वाध्वज तामाङ्ग रहेका छन् । त्यस्तै काँग्रेसका पार्टी उपसभापति एवं वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा रामेछापवाट प्रतिनिधि चुनिनेहरुमा रामचन्द्र खड्का, युवराज भट्टराई, आङ्टावा शेर्पा र मिना कुमारी कार्की रहेका छन् ।
त्यस्तै बिमलेन्द्र निधीको पक्षमा रत्न कार्की खुलेका छन् भने प्रकाशमान सिंहको पक्षमा विरवहादुर तामाङ खुलेका छन् । त्यसैगरी शेखर कोइरालाको पक्षमा केशवप्रसाद चालिसे खुलेका छन् । यी बाहेक रामेछापबाट महाधिवेशनमा जानेहरुमध्ये गेल्जे लामा शेर्पा र ध्रुवहरी ढुंगेल भने अहिलेसम्म कुनै पनि पक्षमा खुलेका छैनन् । महाधिवेशन प्रतिनितिमा उठ्दा कुनै पनि समुह मार्फत नउठी स्वतन्त्र तबरले निर्वाचनमा सहभागी भएकाले आफ्नो कुनै गुट नभएको नेपाली काँग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि ध्रुवहरी ढुंगेलले जानकारी दिए ।