काँग्रेस रामेछापमा पुनः मतगणनाको माग

Written by meropradesh creator

१८ कार्तिक २०७८, बिहीबार

रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं जिल्ला अधिबेसनमा भएको मतगणना आफुलाई चित्त बुझ्दो नभएको भन्दै पुनः मतगणणको माग गर्दै केन्द्रीय निर्वाचन समितीमा निबेदन दिएका छन् । घोषित परीणाममा पराजित तर विजय निकट मत प्राप्त गरेका जिल्ला उप सभापतिका उम्मेदवार बेदराज लामा , महाधिवेशन प्रतिनिधिहरु झनकवहादुर श्रेष्ठ, डा. सुमन कर्माचार्य, गजेन्द्र खड्का, सुमित्रा मोक्तान र श्रृजना खड्काले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितीमा निबेदन दिएका हुन ।
महाधिवेशन प्रतिनिधिको लागि व्यवस्था गरेको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएको र उक्त मत गणना नभएको हुदा पुनः मतदानको माग सहित उनिहरुले मंगलबार केन्द्रीय समितिमा निवेदन दिएका हुन ।
निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचार संहिता बारे जानकारी नदिएको, मतगणना स्थलमा पस्न नदिएको, सिमित उम्मेदवारको दवावमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्ने ले जित्ने संभावना भएको हुदा“ उक्त मतपत्र केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको माहाधिबेसन प्रतिनिधीका उमेरद्वार झनकवहादुर श्रेष्ठले वताए । हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्लामा निर्वाचन गराउनका लागि खटी आएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुईटेलले मतपरिणाम घोषणा सहितको प्रतिवेदन र निजहरुको निवेदन समेत राखेर केन्द्रीय निर्वाचन समितिलाई वुझाईसकेको जानकारी समेत श्रेष्ठले दिएका छन् । निवेदकहरु विजय भएका उम्मेदवार बाट झिनो मतको अन्तरमा विजय भएका थिए । गणना नगरीएका ४९ मत गन्दा र आचारसंहिता लाई पूर्ण रुपमा पालना गराउदा महाधिवेशन प्रतिनिधिका केहि विजयी उम्मेदवारले हार्ने कुराको चर्चा काँग्रेस कार्यकर्ताहरु गर्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...