काँग्रेस रामेछाप नगरको दोस्रो नगर सम्मेलन सम्पन्न

रामेछाप । नेपाली काँग्रेस रामेछाप नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । रामेछाप नगरपालिका–८ मा बुधबार सम्पन्न नगर सम्मेलनमा पार्टि भित्रको आन्तरिक द्धन्द र भातृ संघ सस्थाको समयमा नेतृत्व हस्तान्तरण नहुँदा पार्टि कम्जोर हुदै गएको अधिकाँश कार्यकर्ताले धारणा राखेका छन् ।
नेपाली काँग्रेस रामेछाप कार्यसमितीका सभापती कमलबिक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकाँश नेता तथा कार्यकर्ताले काँग्रेसको भातृ तथा सुभेक्षुक संघ संस्थाको समयमा अधिबेशन हुन पर्ने र गुट उपगुटको राजनितिक अन्त्य गर्नु पर्ने बताएका छन् । नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको क्रियासिल सदस्यता नविकरणमा पार्टीका कार्यकर्ताहरुको क्रियासिलता कमजोर भएको वताउनु भयो ।
‘पार्टीले साविकमा रहेका क्रियासिल सदस्यहरुलाई कसैलाई पनि नछुटाई नविकरण गर्ने मौका दिनु पर्छ ’ सिटौलाले भन्नु भयो – मन लागेकोलाई दिने, मन नलागेकोलाई नदिने गर्न पाईदैन् । एकजना कार्यकर्ता बनाउनका लागि बर्षाै लाग्ने भएकाले पुराना क्रियासिल सदस्यहरुको सदस्यता नविकरण गरिसकेर मात्र नयाँ सदस्यता वितरण गर्नुपर्ने बताउनु भयो ।
मुलुकमा २०४६ को परिवर्तन पछि धेरै कुरामा विकास भएको उल्लेख गर्दै सिटौलाले केहि भएको छैन् भनेर भाष्य बनाउने कुरा स्वीकार गर्न नसकिने बताउनु भयो । सडक, विद्यालय र कलेज, अस्पताल जस्ता पूर्वाधारहरुमा उल्लेखनिय परिवर्तन भएको बताउदै उहाँले भन्नु भयो – काँग्रेसले त्यस्तो भाष्य निर्माण गर्ने पक्षको दाविलाई चिर्न सक्नु पर्ने बताउनु भयो ।
नगर सम्मेलनमा केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, रामेछापका निवर्तमान सभापती लबश्री न्यौपाने, पार्टि उपसभापती लेखबहादुर कार्की, लगाएत अन्य नेता तथा कार्यकर्ताले आफ्नो धारण राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...