काँग्रेस नेता कान्छारामले दिए अस्पतालाई ३ वेड आइसियु सहित उपकरण

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

रामेछाप । जिल्लामा कोरोना संक्रमीत आइसियु र अक्सिजन नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा सरकारी संयन्त्र उदासिन बन्दै गरेको बेला विरामीहरुलाई बचाउन समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ्ग (कान्छाराम) ले तीनवेड आइसियु र उपकरण मगंलवार तामाकोशी अस्पतालाई हस्तान्तरण गरेका छन् ।
समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले आफ्नो २५ लाख व्यक्तिगत लगानीमा तीनवेड आइसियु, त्यसमा लाग्ने मनिटर लगाएतका उपकरणहरु र चिकित्सक र कर्मचारीहरुलाई पिपिइसेट, सेनिटाइजर लगाएतका सामाग्रहीहरु तामाकोशी सेवा समितिका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।


आइसियु वेड हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले जिल्लामा हालसम्म कुनै पनि अस्पतालमा एउटा पनि आइसियु वेड नहुँदा धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरे । उनले भने– आइसियु बेड नहुँदा यसअघि धेरै नागरिकहरुको मृत्यु भएको र हाल पनि कोरोना भाइरसका कारण दुईजना नागरिकहरुले ज्यान गुमाएको खबर सुनेपछि अब उप्रान्त कुनै नागरिकहरुको अकालमा ज्यान नजाओस् भन्नका लागि आइसियु वेड र उपकरणहरु खरिद गरेर अस्पतालाई हस्तान्तरण गरेको बताए ।
त्यस्तै अस्पतालमा हस्तान्तरण गरिएको आइसियु वेड र उपकरणहरु तत्काल संचालन गर्न उनले अनुरोध समेत गरेका छन् । कोरोना भाइरस महामारी अवधिभर आइसियुमा लाग्ने चिकित्सक र चाहिने जनशक्तिलाई आवश्यक तलव भत्ताको समेत स्वंय आफैले व्यवस्थापन गर्ने समाजसेवी कान्छाराम तामाङले बताए ।
कार्यक्रममा बोल्दै समाजसेवी कान्छारामले कोरोना महामारीमा अक्सिजन नपाएर अकालमा नागरिकहरुले ज्यान गुमाइरहेको भन्दै मन्थली नगरपालिकाले १२ रोपनी जग्गा व्यवस्थापन गरिदिए आगामी तीन महिनाभित्र अक्सिजन प्लान्ट समेत निमार्ण गरिदिने बताए । अक्सिजन प्लान निमार्णको लागि आवश्यक सहयोग मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोग पाएमा तत्काल जिल्ला सदरमुकाममा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा समेत गरेका छन् ।
तामाकोशी अस्पताललाई प्रदान गरिएको आइसियु वेड चाडो भन्दा चाडो सञ्चालनमा ल्याइने तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले भने– जिल्लामा आइसियु वेड नहुँदा धेरै समस्या थियो । पहिलो पटक तामाकोशी अस्पताललाई समाजसेवी कान्छाराम तामाङले आइसियु वेड प्रदान गर्नुभएको छ । यसलाई तत्काल संचालनमा ल्याएर गम्भिर भएका कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन धेरै सहज हुने बताए ।


अस्पतालाई आइसियु बेड उपलव्ध गराएर समाजसेवी कान्छाराम तामाङले ठूलो पूण्यको काम गरेको तामाकोशी अस्पतालका डा.सुमन कर्माचार्यले बताए । उनले भने– अस्पतालमा आइसियु वेड नहुँदा विरामीलाई रिफर गरेर पठाउनु पर्ने, कतिपय विरामीहरुको विच वाटोमा नै अकालमा ज्यान गुमाउनु पर्ने र राजधानी पुगेका बिरामीहरुले पनि विभिन्न अस्पताल चाहार्दा पनि वेड पाउन नसक्दा ज्यान गुमाउनु पर्ने वाध्यता अब अन्त्य भएको बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अस्पताललाई अति आवश्यक आइसियु वेड र उपकरणहरु प्रदान गरेर सहयोग गरेको भन्दै समाजसेवी कान्छारामको प्रशंसा गरेका थिए । उनले– अस्तालालाई आवश्यक पर्ने जस्तो सुकै सहयोग पनि मन्थली नगरपालिकाले गर्ने बताए ।
त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले अक्सिजनको अभाव र आइसियु वेडको अभाव हुँदा जिल्लामा कोरोना संक्रमित दुईजनाले अकालमा ज्यान गुमाएकाले अब उप्रान्त कुनै यस्तो अप्रिय घटना नहोस् भन्दै अस्पताललाई आवश्यक उपकरण प्रदान गरेर कान्छारामले ठूलो गुण लगाएको बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्तिको अभाव, आवश्यक उपकरणहरुको अभाव खड्किएको बताए । उनले भने– ठूला ठूला महामारीहरु आउँदा त्यसलाई वेवास्थापन गर्ने किसिमको संरचना निमार्णमा हामीहरु चुकेको रहेछौं । यस्तो कोरोना महामारीको समयमा अस्पताललाई उपकरण हस्तान्तरण गरेर राम्रो काम गरेको भन्दै समाजसेवी कान्छारामलाई धन्यावाद व्यक्त गरेका छन् ।


यसैगरी नेपाली काँग्रेसका पार्टी सचिव लेखवहादुर कार्कीले गम्भिर प्रकृतीका कोरोना संक्रमितलाई बचाउने उद्धेश्यले दानबीर एवं समाजसेवी पूर्णवहादुर तामाङ (कान्छाराम)ले अस्पताललाई आइसियु वेड उपलव्ध गराएकोमा पार्टीको तर्फवाट र आम रामेछाप नागरिकहरुको तर्फवाट धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोनाले कुनै पार्टीका नेता वा कार्यकर्ता कसैलाई पनि नचिन्ने भएकाले आम नागरिकहरुलाई कोरोना लागेको खण्डमा बचाउन अति आवश्यक रहेको आइसियु वेड उपलव्ध गराएर आम रामेछापले नागरिकहरुको मन जित्न सफल भएको भन्दै कान्छारामको खुलेर प्रशंसा गरे ।
यसअघि समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले आफ्नो व्यक्तिगत लगानीमा जिल्लामा एक दर्जन भन्दा बढी एम्वुलेन्स विभिन्न स्वास्थ्य चौकी र क्लवहरुलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी समाजसेवी कान्छारामले २०७२ सालको विनासकारी भुकम्पको समयमा, विभिन्न बिपद्का घटनाहरुमा समस्या परेका नागरिकहरुलाई आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गरेर उद्धार र राहात बितरण गरेर आम रामेछापेली नागरिकहरुको मन जित्न सफल भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...