काँग्रेस नेतृ खड्का द्वारा बिद्यार्थीहरुलाई सहयोग

Written by meropradesh creator

१३ आश्विन २०८०, शनिबार

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेतृ तथा महाधिवेशन प्रतिनिधि बिनिति खड्काले सुनापती गाउँपालिका वडा नम्बर ५ खनियापानीमा रहेको जलदेवी माध्यमिक विद्यालयका १ सय ३३ जना बिद्यार्थीहरुलाई टिसट सहित ट्र्याक सुट सेट सहयोग गरेकी छिन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेकी खड्काले विगत वर्षमा जस्तै यस वर्ष पनि बिद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरेकी हुन् ।
शेर नन्द स्मृति कोष स्थापना गरी खड्काले जिल्लाका ५० भन्दा बढी विद्यालयका बिद्यार्थीहरुलाई यस अघि ट्र्याक सुट वितरण गरी सकेकी छिन् ।  साथै खड्काले जलदेवी माध्यमिक विद्यालय खनियपानीलाई जग्गा खरिद गर्न आर्थिक सहयोग गर्नका साथै विद्युतीय हाजिर मेसिन समेत उपलब्ध गराएकी छिन् । विभिन्न समयमा विद्यालयको लागी र शैक्षिक सुधारको लागी काम गरेको भन्दै खड्कालाई जलदेवी माध्यमिक विद्यालयले सम्मान पनि गरेको छ । खड्काले जलदेवी माध्यमिक विद्यालयलाई मात्र नभई जिल्लाको विभिन्न विद्यालयलाई सहयोग गरेको भन्दै अझै शैक्षिक सुधारको अभियानमा लाग्न समेत शिक्षक अभिभावकले आग्रह गरेको छ ।
काँग्रेस नेतृ खड्काले आफूले शैक्षिक सुधारका लागी विगत वर्ष देखी जिल्लाका विभिन्न स्थानमा रहेको विद्यालय र बिद्यार्थीहरुलाई सहयोग गर्दै आएकी छिन् । यस वर्ष पनि आर्थिक अभावका कारण अध्ययन गर्न समस्या भएका बिद्यार्थीहरुलाई सहयोग गर्ने बताएकी छिन् । मेरो प्रदेश सँग कुरा गर्दै नेतृ खड्काले भनिन् “ शैक्षिक क्षेत्र मेरो पहिला प्राथमिकतामा पर्छ । जे गर्छु पहिला शैक्षिक सुधारका लागी काम गर्छु ।  मैले कमाएको रकम बाट मैले विगत वर्षहरूमा पनि बिद्यार्थीहरुलाई सहयोग गरेको थिए । यस वर्ष पनि गछुृ मैले सकेको सहयोग । जब सम्म देशको शैक्षिक विकास हुँदैन तब सम्म देशको विकास सम्भव छैन । हामी पहिला शैक्षिक सुधार गरेर विद्यार्थीलाई नैतिकवान् बनाउन सकेको अवस्थामा मात्र देशको विकास सम्भव छ नत्र समस्या छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...