काँग्रेस महासमिति निर्वाचनः न्यौपानेको नेतृत्वमा सहमतिका लागी ५ सदस्य समिति गठन

Written by meropradesh creator

१० मंसिर २०८०, आईतवार

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापकोे शनिबार बिपी स्मृति भवन मन्थलीमा सम्पन्न भएको छ । बैठकले केन्द्रको परिपत्र अनुसार यहि मंसिर १७ गते सम्म सहमतीको प्रयास गर्ने र यदि सहमती नजुटेको अवस्थामा २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको दुई वर्ष अघि जिल्ला अधिबेशन सम्पन्न भएता पनी महासमिति सदस्य भने अधिबेशनमा चयन भएको थिएन । मंसिर १७ गते सम्म सहमती जुटाउन बैठकले नेपाली काँग्रेसका नि वर्तमान जिल्ला सभापती लबश्री न्यौपानेको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । न्यौपानेको नेतृत्वमा काँग्रेस नेता कृष्ण महत, जिल्ला कार्यसमिति सदस्य चिना खड्का (कार्की) क्षेत्रीय सभापतिहरू निरोज खड्का (१) र राजेश कुमार श्रेष्ठ (२) सदस्य रहने गरी समिति गठन गरिएको पार्टी सचिव दिपक खड्काले जानकारी दिए ।

पार्टि सचिब खड्काले भने– सहमतीको लागी २० औं पार्टिको बैठकले ५ सदस्य समन्वय समिति गठन गरेका छौं । उहाँहरुले सबै महाधिबेशन प्रतिनिधिहरु संग बसेर छलफल गरेर सहमतीको प्रयास गर्नु हुन्छ । सहमती १७ गते सम्म जुट्नेमा हामीले विश्वास गरेका छौं । सकेसम्म निर्वाचन प्रक्रियमा जान नपर्ने गरी सहमतीको प्रयास हुन्छ । कुनै कारण सहमती नभएको अवस्थामा मंसिर २३ गते निर्बाचन प्रक्रिया मार्फत महासमितिको निर्वाचन हुन्छ । साथै लामो समय पछि बसेको पार्टीको बैठकले अन्य सांगाठानीक विषयमा गम्भीर छलफल गरेको समेत बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...