कांग्रेसको जित मन्थलीमा निश्चित छ ः कार्की

Written by meropradesh creator

२१ बैशाख २०७९, बुधबार

रामेछाप । मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको मन्थली नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्की बताएका छन् । मंगलबार मन्थली नगरपालिका ११ र १२ नम्बर वडामा पुगेका कार्कीले यस पटक मन्थली नगरपालिकामा नेपाली कांग्रेसको जित निश्चित रहेको बताएका छन् । यस भन्दा अघि थोरै भोटले पछी पेरेको भए पनी यो पटक आफुले धेरै मत अन्तरले जित्ने बताएका छन् । नागरिकले ५ बर्ष एमालेको काम नागरिकले हेरेको भन्दै यो पटक समुन्नत मन्थली नगर, सम्मानित मन्थली नगरवासी बनाउन आफुलाई नागरिकले साथ दिने बताएका छन् ।

‘यो पटक हाम्रो जित निश्चित छ’ मंगलवार भोट माग्दै गेलु पुगेका काँग्रेस रामेछापका सचिव समेत रहेका कार्कीले भने – जनताको अपार माया म र मेरो टिमका साथिहरु माथि छ ,काँग्रेस प्रति छ ।

कार्की सहित काँग्रेसका नेताहरु भोट माग्दै जनताको घर दैलो कार्यक्रममा पुग्दा मतदातामा एक प्रकारको उत्साह देखिएको छ । ‘तपाईले जित्नुपर्छ र मन्थली नगरका समस्या समाधान गर्नुपर्छ भन्ने मतदाताको माग छ ’ कार्कीले भने । पाँच बर्ष अघी कम्युनिष्टहरुले गरेका बाचा पुरा नभएको भन्दै काँग्रेसलाई छान्ने बचन मतदाताहरुले दिने गरेका छन् । ‘मलाई विश्वास छ, मन्थली नगरपालिकाका आम मतदाताले आफ्नो विवेक यो पटक प्रयोग गर्नुहुनेछ र नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनु हुनेछ ’ कार्कीले विश्वास व्यक्त व्यक्त गर्नुभयो ।

कार्कीले आफलुले निर्वाचनमा घर दैलोमा जाँदा पुरा गर्नै नसक्ने खालका एजेण्डा नलगेको भन्दै् । एउटा सपना छ – ‘समुन्नत मन्थली र सम्मानीत मन्थलीबासी’ बनाउने । त्यहि सपना पुरा गर्नका लागि योजनाको खाका सहित घर दैलोमा छु । अघील्लो निर्वाचनमा नगर प्रमुख पदमा पराजय भोग्नु परेका कार्की हार स्वीकार गरेर पुनः मतदाताका बिच आएका छन् ।

काँग्रेसका तर्फबाट मन्थली नगरको उप प्रमुखमा यशोदा श्रेष्ठ उम्मेदवार बनेका छन् । मन्थली नगरपालिकाको योजना निर्माण, बजेट तर्जुमा लगाएतका अनुभव श्रेष्ठ संग रहेको छ । ५ बर्ष सम्म नगर कार्यपालिकाको सदस्य भएर काम गरेको अनुभव भएकी सरल स्वभावकी धनि श्रेष्ठ नगर लाई भ्रष्टाचारमुक्त र शुसासनको अनुभुति दिलाउने बताएकी छिन्

अरुलाई धेरै आलोचना गर्न नरुचाउने श्रेष्ठ भनिन्– कसैको आलोचना नगर्दा पनि हाम्रो नगरका धेरै काम गर्न सकिन्छ । ‘हामी कुरा गर्दैनौ काम गरेर देखाउछौं त्यसैले नेपाली काँग्रेस रोजौ भनेर मतदाताको दैलोमा पुगेका छौं ’ १४ वटा वडामा विभाजन भएको मन्थली नगरमा ३७ हजार २ सय २० जना मतदाता रहेका छन् । काँग्रेसले प्रमुख उप प्रमुख सहित अधिकांश वडामा आफ्नो विजय निश्चित रहेको जनाएको छ । मन्थलीमा नगर प्रमखका लागि स्वतन्त्र ३ सहित ९ जना र उप प्रमुखमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...