रामेछाप । नेपाली कांग्रेस रामेछापले आठ पालिकामा आठ जना प्रमुख र आठ जना उपप्रमुखको उमेरद्वार छनोट गरेको छ । आइतबार साझं कांग्रेसले पालिका प्रमुख र उपप्रमुख छनोट गरेको हो । सत्ता साझेदार दल विच चुनावी तालमेल नभए संगै आइतबार बेलुका कांग्रेसले आठ स्थानिय तहको प्रमुख उपप्रमुख र ६४ वटा वडाको अध्यक्षहरु छनोट गरेको छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जिल्ला सचिब बिनोद कार्की उमेरद्वार बनाएको छ भने उपप्रमुख पदमा यसोदा श्रेष्ठलाई उमेरद्वार बनाएको छ । कांग्रेसको दुइपटक क्षेत्रिय सभापती हुदै जिल्ला सचिब भएको कारण नागरिकको भावना र आवश्यक्ता बुझन सक्ने भन्दै मन्थली नगरपालिका १० चनखुका बिनोद कार्कीलाई छनोट गरेका हुन । कार्की यस अघि भएको २०७४ सालको स्थानिय निर्वचनमा पनी कांग्रेसको तर्फ बाट उमेरद्वारी दिएका थिए । तर कार्की सानो मतले तत्कालीन एमालेका उमेरद्वार रमेश बस्नेत संग हारेका थिए ।
रामेछाप नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले नि बर्तमान सभापती लबश्री न्यौंपानेलाई प्रमुख पदको उमेरद्वार बनाएको छ । भने उपप्रमुखमा सुशिला लामालाई उमेरद्वार बनाएको छ । नगरप्रमुखका उमेरद्वार न्यौपाने जिल्लाकै चर्चित नेता हुन । न्यौपानेले कांग्रेसको राजनीतीमा लागेर बिभिन्न पदमा बसेर काम गरिसकेको कांग्रेसले जनाएको छ । लामो समय सम्म पार्टीको राजनीती गरेपनी उनले लाभको पद भने लिएको छैन ।
खाँडादेवी गाउँपालिकाको प्रमुख पदमा पार्टीका उपसभापती नबराज थोकरलाई उमेरद्वार बनाएको छ । उपप्रमुखमा भने चण्डिका उप्रेतिलाई उमेरद्वार बनाएको छ । थोकर नेपाल तरुणदलको राजनीती गर्दै पार्टीको राजनितिमा उदाएका नेता हुन । तरुणदलको दुइपटक जिल्ला अध्यक्ष हुदै पार्टीको उपसभापती समेत भएका थोकरको राम्रो प्रभाब जनमासमा रहेको नेपाली कांग्रेसले जनाएको छ ।
लिखुतामाकोशी गाउँपालिकामा केशब महत लाई प्रमुख पदको उमेरद्वार वनाएको छ भने उपप्रमुखमा सरस्वती (गुरुङ्ग खड्का) लाई उमेरद्वार बनाएको छ । महत वडाको राजनिती गर्दै आएका ब्यतिm भएकाले उनको पालीकामा राम्रो पकट भएको पार्टीले जनाएको छ ।
गोकुलगंगा गाउँपालिकामा कांग्रेसले तरुणदल सभापती काजि बहादुर खड्का(दिनेश) लाई अध्यक्षको उमेरद्वार बनाएको छ । भने उषा बस्नेत कार्कीलाई उपप्रमुखको उमेरद्वार बनाएको छ । खड्का यस अघि गोकुलगंगा गाउँपालिकाको वडा नम्बर पाँच बाट उमेरद्वार बनेका थिए ।
नेपाली कांग्रेसले उमाकुण्ड गाउँपालिकामा तरुण नेता जितबहादुर कटुवाललाई प्रमुख पद र सावित्री सुनुवारलाई उपप्रमुख पदको उमेरद्वार बनाएको छ । तरुणदलको राजनिती बाट आएका कटुवाल समाजिक क्षेत्र बाट आएका नेता हुन ।
सुनापती गाउँपालिकामा नेपाली कांग्रेसले युवा नेता कमान खड्का (दिपेन्द्र)लाई प्रमुख पदको उमेरद्वार बनाएको छ उपप्रमुखको उमेरद्वार भने शान्त्ति मोत्तानलाई बनाएको छ । खड्का नेपाल बिद्यार्थी संघको राजनीती बाट उदाएका नेता हुन ।
त्यस्तै गरी दोरम्बा शैलुङ्ग गाउँपालिकाको प्रमुख पदमा मानबहादुर लामा र उपप्रमुखमा खमला थापामगरलाई उमेरद्वार बनाएको छ । लामा लामोसमय सम्म पार्टीको बिभिन्न पदमा बसेर काम गरेका ब्यक्ति हुन उनी २०७४ सालको स्थानिय निर्वाचनमा समेत प्रमुख पदमा नेपाली कांग्रेसको तर्फ बाट उमेरद्वारी दिएका थिए ।