कांग्रेस सभापती कान्छारामको अनुरोध ः एक पटक कांग्रेसलाई भोट दिनुस गाँउलाई नमुना बनाइदिन्छु

Written by meropradesh creator

२३ बैशाख २०७९, शुक्रबार

रामेछाप । नेपाली कांग्रेसका रामेछापका पार्टि सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा एक पटक नेपाली कांग्रेस लाई भोट दिएर हेर्न आग्रह गरेका छन् । बिहीवार मन्थली नगरपालिकाको वडा नं ७ भटौलीमा आयोजना गरिएको बृहत चुनावी सभामा बोल्दै एक पटक नेपाली कांग्रसलाई भोट दिएर हेर्न आग्रह गरेका हुन । सभापती कान्छारामले एक पटक नेपाली कांग्रसलाई भोट दिए आफु गाउँलाई नमुना बनाई दिने बताएका छन् । यस पटकवडा देखि पालिका सम्म कांग्रेसले जितेको खण्डमा हरेक वडाका बिकास निर्माणका काम प्रभाबकारी ढंगवाट गर्ने बताएका छन् ।

मन्थली नगरपालिका–७ भटौलीमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेद्वार मनुकुमार माझी सहित २ सय ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । नव प्रबेसीलाई नेपाली कांग्रेसका जिल्ला सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम)ले खादा लगाएर पार्टी प्रबेश गराएका छन् ।

कार्यक्रमका अबसरमा बोल्दै तामाङले यस अघि नेपाली कांग्रसले यस वडा र नगरपालिकामा पराजय भोगेपनि कांग्रेस पार्टिले जनताको माझमा बोलेको कुरा पुरा गरेको तर कम्यिुनिष्टले जितेको भएपनि बोलेको बाचा कहिलै पुरा गर्न नसकेको भन्दै कांग्रेस र कम्युनिष्टमा निक्कै फरक भएको बताए ।

कायक्रममा निर्वाचन परिचालन समितिका संयोजक युवराज भट्टराई सह संयोजक कुमार श्रेष्ठ, महाधिबेशन प्रतिनिधि शुक्र माझी, प्रदेश अधिबेशन प्रतिनिधि निर्माण माझी नगर प्रमुखका उमेद्वार बिनोद कुमार कार्की उप प्रमुख की उमेद्वार यशोदा श्रेष्ठ वडा अध्यक्षका उमेद्वार भुवनहरी प्रसाई स्थानीय नबिन्द्र गोले, पूर्ण तामाङ लगाएतले आ आफ्नो मन्तब्य राख्दै यस पटक वडा र नगरमा कांग्रेसलाई जिताइदिएमा ५ वर्षभित्र आफुहरुले बोलेको कुरा सबै पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...