काठमाडौँ । राष्ट्रपतिको आह्वानबारे निर्णय लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (शुक्रबार) बिहान ९ बज बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज (शुक्रबार) बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । हिजो (बिहिबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमा दाबी पेस गर्न आज जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...