रामेछाप । नेपाली कांग्रेस रामेछापका महाधिबेसन प्रतिनिधी तथा संबिधान सभा सदस्य आङ्टावा शेर्पाले नेपाली कांग्रेसको १४ औं अधिबेसनमा केन्द्रिय सदस्यमा उमेरद्वारी दिने घोषणा गरेका छन् । २०३६ साल देखी राजनीतीक यात्रा शुरु गरेका कांग्रेस नेता शेर्पाले यो पटक भने जनजाती तर्फ केन्द्रिय सदस्यमा उमेरद्वारी दिने घोषणा गरेका हुन् । निर्माण ब्यवसायी समेत रहेका शेर्पा २०४८ सालमा गाविस सदस्य ,२०४९ साल देखी २०५५ सालसम्म जिल्ला विकास समिति रामेछापको उपसभापती, २०५९ सालमा जिल्ला सभापती, २०६४ सालमा पार्टी एकिकरण भएपछी सह सभापती, हुदै पहिलो संबिधान सभाको निर्वाचनमा हार ब्यहोरेका शेर्पाले दोस्रो संबिधान सभाको निर्वाचनमा भने बिजय हासिल गर्न सफल भए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...