रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी पराग खड्काले १० हजार १ सय ५१ सहयोग गरेका छन् । Tibet Airlines Co.Ltd का Co-Ordinator समेत रहेका खड्काले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा दश हजार एक सय एकाउन्न रुपयाँ सहयोग गरेका हुन । लिखुतामाकोशी गाउँपालिका निवासी खड्काले सामाजीक क्षेत्रमा लामो समय सम्म काम गर्दै आएका छन ।
कांग्रेस नेता तथा समाजसेवी खड्काको सक्रियतामा यस अघि डाँफे फाउण्डेसन मार्फत मन्थलीमा रहेको तामाकोशी अस्पताललाई ३ वटा अक्सिजन कन्सन्टेट्स र लिखु तामाकोशी गाउँपालिकामा २ वटा अक्सिजन कन्सन्टेट्स सहयोग समेत गरेका छन् ।
खड्काले पत्रकारलाई जोखिम संग समाना गर्न सजिलो होस भनेर आफुले सानै रकम भएपनि सहयोग गरेको बताएका छन् । सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...