रामेछाप । नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा शनीबार रामेछाप आउने भएका छन् । यहि बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई सम्बोधन गर्न महामन्त्री थापा रामेछाप आउन लागेका हुन ।
महामन्त्री थापाले शनिबार रामेछापको दुई वटा स्थानिय तह मन्थली नगरपालिकाको मन्थलीमा र सुनापती गाउँपालिकाको हिलेदेवीमा सम्बोधन गर्ने नेपाली कांग्रेसले जानकारी दिए । महामन्त्री थापाले बिहान ११ बजे सुनापती गाउँपालिकाको हिलेदेवीमा र दिउसो १ बजे मन्थली नगरपालिकाको मन्थलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छ ।