कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने रामेछपका कार्कीको घोषणा

Written by meropradesh creator

२२ मंसिर २०७८, बुधबार

रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा रत्न बहादुर कार्कीले उमेरद्वारी दिने घोषणा गरेको छ । रामेछापका नेपाली कांग्रेसका युवा नेता रत्न बहादुर कार्कीले केन्द्रीय सदस्यमा (खस आर्य) बाट आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्की नेपाली कांग्रेको तर्फबाट २०७४ सालमा भएको निर्वाचनमा रामेछापको प्रदेशसभा–क बाट बागमती प्रदेशका उमेरद्वार हुन् । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धन भएको कारण उनले नेकपा एमालेका नेता शान्ती प्रर्साद पौडेल संग हार ब्यहोर्न पर्यो ।

कार्कीले मेरो प्रदेश डट.कम संग कुरा गर्दै भने– ’नेपाली काङ्ग्रेसलाई वैचारिक, सैध्दान्तिक रुपमा सुदृढीकरण गर्दै आम नेपालीको आस्था, विश्वास तथा भरोसाको विशाल पार्टी निर्माण गर्ने प्रमुख लक्ष्यकासाथ केन्द्रीय सदस्य उठ्ने निर्णय गरेको छु ।’ नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिड्ने पार्टी भएकोले यस पार्टीले शिक्षा, स्वास्थ्य र नागरिकप्रतिको उत्तरदायित्वलाई आफ्नो मूल एजेण्डा बनाउनु पर्ने उनको तर्क छ । ’विगत तीन दशकदेखि विद्यार्थी राजनीति गर्दै पार्टीको पनि विभिन्न तहको जिम्मावारी निर्वाह गरिसकेको हुँदा मेरो अनवरत सङ्घर्ष, अनुभव तथा योग्यताको समेत उचित मूल्याङन गरी केन्द्रीय नेतृत्व प्रदान गर्ने महत्वपूर्ण अवसर यहाँहरुले प्रदान गर्नुहुने दृढ विश्वास गर्दै केन्द्रीय सदस्य पदमा अमूल्य मत दिई विजयी गराइदिनु हुन तपाईं महाधिवेशन÷महासमिति तथा शुभचिन्तक परम आदरणीय महानुभावहरु समक्ष हार्दिक अनुरोध गर्दछु’ कार्कीले मतदातासँग मत माग्दै भने । कार्की राजनीतिसँगसँगै विभिन्न सामाजिक संस्थामार्फत सामाजिक कार्यमा पनि संलग्न रहँदै आएका छन् ।
कक्षा सात मा ओखलढुङ्गाको नर्मदेश्वर माबिमा अध्ययन गर्ने क्रममा राजनीतिक यात्रा शुरु गरेका कार्की तत्कालीन ओखलढुङ्गाको क्षेत्र नम्बर २ को नेपाल बिद्यार्थी संघको क्षेत्रिय सभापती समेत भएर काम गरे । रामेछापको हिमगंगा माबी साघुटारको इकाई सभापती हुदै २०५६ सालमा रामेछापको जिल्ला सभापती बनेर काम समेत गरे । त्यस्तै गरी कार्की २०५७ सालमा नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य हुदै प्रचार प्रशार बिभाग प्रमुख भएर काम गरी सकेका छन् । २०६३ सालमा नेपाल बिद्यार्थी संघको उपसभापती भएर समेत कार्कीले काम गरिसकेको छ । राजनितीक शास्त्रमा एम ए गरेका कार्की नेपाली कांग्रेसको ११ औं अधिबेशन देखी लगातार महाधिबेशन प्रतिनिधी भएर काम गरिसकेका छन् ।

कार्कीले रामेछाप जिल्लामा मात्र नभएर आफु आवद्ध रहेको प्रयास नेपाल नामक संस्था बाट २०७२ सालको भुकम्प पछी राहत बितरण गर्नका साथै कोरोना संक्रमनको समयमा स्वास्थ्य समाग्री समेत बितरण गर्दै आएका छन् कार्कीले प्रयास नेपाल संस्थामार्फत अनाथ असहय बालबालिकाको पालनपोषण, संरक्षण तथा शिक्षादिक्षा प्रदान गर्न निरन्तर सहयोग गरिरहेका छन् । उक्त संस्थामार्फत दूर्गम जिल्लामा विद्यालय निर्माण, बाढी पहिरो पीडीतलाई सहयोग तथा असहायलाई छात्रबृत्ति, भूकम्प तथा कोरोना पीडितको उद्दार तथा राहत बितरणमा महत्वपूर्ण सहयोग गरिरहेका छन् ।
रामेछापमा उनी युवा तथा अघिल्लो पुस्तालाई समन्वय गर्नसक्ने नेता मानिन्छन् । कार्की संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि कार्कीको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...