कांग्रेस बागमती प्रदेश सदस्यमा केसी सहित ६ जना बिजयी

Written by meropradesh creator

२३ मंसिर २०७८, बिहीबार

रामेछाप । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिबेशन बाट नेपाली कांग्रेसका नेता अर्जुन केसी सहित ६ जना बिजय भएका छन् । सह महामन्त्री सहित रामेछाप बाट १२ जनाले उम्मेद्वारी दिएका थिए त्यस मध्य रामेछाप बाट ६ जना प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरूमा प्रदेशसभा खुल्ला पुरूषमा महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी (७५३), प्रदेश प्रतिनिधि उज्जलराम घिमिरे (७०८), प्रदेश प्रतिनिधि भीमसेन बस्नेत (६६९) विजयी भएका छन् । खुलाबाट १५ जना उच्च मत ल्याउने विजयी हुनेमा रामेछापबाट उम्मेद्वारी दिएका तीनै जनाले विजय प्राप्त गरेका छन् । भूगोल पुरूषतर्फ प्रदेश प्रतिनिधि जितबहादुर मगर (९६३) विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रदेश प्रतिनिधि नारायण प्रसाद भट्टराईले (७९२) मत प्राप्त गरे ।
महिलातर्फ प्रदेश प्रतिनिधि कल्पना खड्का (८२६) विजयी भइन् भने प्रतिस्पर्धी महाधिवेशन प्रतिनिधि गंगा अधिकारीले ७१९ र अर्की उम्मेद्वार महाधिवेशन प्रतिनिध रामकुमारी डाँगी (श्रेष्ठ) ले २०९ मत प्राप्त गरेकी छन् । दलित खुला सदस्यमा महाधिवेशन प्रतिनिधि बलबहादुर दमाइले जित हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी डिलबहादुर परियारले ६७८ मत ल्याए । खस आर्य महिला सदस्यमा उम्मेद्वारी दिएकी प्रदेश प्रतिनिधि शकुन्तला त्रिपाठीले ७०७ मत ल्याइन् तर विजयी हुन सकिनन् । त्यसैगरि खस आर्य खुला सदस्यका उम्मेद्वार दिएका प्रदेश प्रतिनिधि सुजन ढुंगेलले ६९४ मत ल्याएपनि विजयी हुन सकेनन् । त्यस्तै गरी जनजाती तर्फ उमेरद्वारी दिएका प्रदेश प्रतिनिधी कृष्णदास सुनुवार ले २१७ मत ल्याए । रामेछापबाट पदाधिकारीमा उम्मेद्वारी दिएका एक मात्र उम्मेद्वार महाधिवेशन प्रतिनिधि बीरबहादुर तामाङले झिनो मतले पराजित हुनुपरेको छ । जगदीश्वरनरसिंह केसीको समूहबाट सहमहामन्त्री पदमा उम्मेद्वारी दिएका तामाङ जम्मा ४ मतले पराजित भएका छन् । उनले ८३५ मत ल्याएका थिए भने विजयी हुने हरि शरण श्रेष्ठले ८३९ मत ल्याएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...