काग्रेस द्वारा स्वास्थ्य सामाग्री सहयोग

Written by meropradesh creator

२ जेष्ठ २०७८, आईतवार

रामेछाप । नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा वडामा सञ्चालील स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा कोराना भाईरस फैलिए संगै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य समाग्री सहयोग गरेको हो ।
मन्थली नगरपालिका–८ चिसापनीमा रहेको चिसापानी प्राथमीक स्वास्थ्य केन्द्र र आर्युबेदीक स्वास्थ्य केन्द्रलाई नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समितीले ५१ हजार ७ सय बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको नेपाली काग्रेसका वडा सभापती ओमप्रकाश पुरीले बताए ।
पहिलो चरणको कोरणा महामारी बाट रामेछाप जिल्ला, मन्थली नगरपालिका–८ चिसापानीका नागरिकमा संक्रमण नदेखीएको भएपनी पनि दोश्रो चरणको कोरोणा महामारी बाट केहि ब्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएको र अन्य नागरीकहरुमा पनि त्यस संग मिल्दो जुल्दो लक्षणहरु देखिन आएकोले भोलीको दिनमा औषधी अभाब हुन सक्ने देखीएकोले स्वास्थ्य समाग्री सहयोग गरेको बताए ।
स्वास्थ्य संस्थाहरुमा कोरोना उपचारमा प्रयोग गरिने अति आवश्यकिय औषधि र स्वास्थ्यकर्मिहरुको लागी चाहिने अति आवश्यकिय स्वास्थ्य सुरक्षाका उपकरणहरु नेपाली काग्रेंस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा उपलब्ध भए अनुसार आफुहरुले हेल्थपोष्ट र आयुर्वेद अस्पताललाई हस्तान्तरण गरेको पुरीले जानकारी दिए ।
आफुहरुले सहयोग गरेको स्वास्थ्य सुरक्षाका उपकरण तथा औषधिहरुले अहिलेको सुरुवाती अभावलाई केहि मद्धत पुग्ने र चिसापानीका आम जनसमुदायहरुको लागी उपयोगमा आउने अपेक्षा लिएको भन्दै आगामी दिनहरुमा कुनैकिसिमको सहयोग आवश्यक परेमा सम्पर्क समितीले सहयोग गर्ने सम्पर्क समितिका सभापती मनोज श्रेष्ठले बताए । उनले भने हामी अहिले बिभिन्न पेशा र ब्यवसाय गरेर काठमाण्डौ बस्ने चिसापानी स्थायी बासीबाट पहिलो चरणको सहयोग गरेकाछौ आवश्यक परे हामी आफुहरुले सक्ने जस्तो सुकै खालका सहयोग गर्न तयार छौं ।
त्यस्तै नेपाली काग्रेंस मन्थली नगरपालिका–८ चिसापानीे विपत ब्यवस्थापन समितीका सयोजक भुबन श्रेष्ठले भने यो बिपतको अवस्थामा सबैजना सरकारको भर पर्न नहुने भन्दै आफुले सकेको सहयोग यतीबेला सरकारलाई गर्न पर्ने बताए । त्यस्तै गरी उनले यती बेला स्थानीय सरकार अली स्वास्थ्य क्षेत्रमा संवेदन सिल नभएको भन्दै स्थानीय सरकारलाई नागरीकप्रती संबेदन सिल हुन आग्रह समेत गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब हुने निर्वाचनमा नेपाली काँग्रेसले कुनै राजनितिक दल संग गठबन्धन नगर्ने...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा वली सरकारको विरोधमा नारा वाजी सहित राँके जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्री परिषद्को निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रले...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...