रामेछाप । जिल्ला ज्येष्ठ नागरिक सङ्घ रामेछापको अध्यक्षमा पुनः नारायण दाश श्रेष्ठ निर्वाचित भएका छन् । मन्थलीमा शनिवार सम्पन्न छैटौँ साधारण सभा एवं दोस्रो जिल्ला अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः श्रीराम न्यौपाने,अर्जुन घिमिरे, वीर बहादुर खड्का,पुरुषोत्तम घिमिरे रहनु भएको छ भने सदस्यहरूमा क्रमशः भक्त कुमारी ढुङ्गेल, केदार प्रसाद दाहाल, केदार प्रसाद ढुङ्गेल, तोरण बहादुर खड्का, टिका बहादुर थापा, ज्ञान भक्त श्रेष्ठ, यमकुमारी कार्की,राजकुमारी माझी,रामभक्त श्रेष्ठ र शुक्र बहादुर माझी निर्वाचित भएका छन् ।
अधिवेशनले कोषाध्यक्ष कृष्ण प्रसाद ढुङ्गेल द्वारा प्रस्तुत ६ लाख १० हजार ७ सय ८७ बरावरको आर्थिक प्रतिवेदन र सचिव कोमल श्रेष्ठ द्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन समेत पास गरेको थियो । कार्यक्रम का अवसरमा ६० जना भन्दा बढी ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।