रामेछाप । रामेछाप जिल्लाको दोरम्बागाउँपालिकावडा नं ७ लखनपुरका एक पुरुष जवरजस्ति करणीको आरोपमा आइतबार पक्राउ परेका छन् । सुस्त मनस्थिती भएकी ५९ बर्षिया अशक्त महिलालाई बलत्कार गरेको आरोपमा दोरम्बा ७ का अगंते तामाङ्ग पक्राउ परेको जिल्लाप्रहरी कार्यालय रामेछापले जनाएको छ । महिला घरमा एक्लै भएको मौका छोपेर धम्कि दिदैं जवरजस्ति करणी गरेको प्रहरीले जनाएको छ । घट्नाका बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...