बुटवल ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउने बताएका छन् । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय एतिहासीक माहाधिबेशनलाई सम्बोधन गर्दै जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा अनौठा परिघटना देखा पर्न थाल्दा देश अनिष्ट तर्फ जान सक्ने संकत समेत गरेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको तर्फ प्रचण्डले संकेत गर्दै जन्मिसकेको बच्चालाई फेरि आमाको गर्वमा लगिदिने जस्तो अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताएका छन । उनले शान्तीपूर्ण आन्दोलनको आँधी बेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताएका छन् । दलित, मधेशी , मुस्लिम ,महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको बताएका छन ।
झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधान, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको भन्दै यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा आफुले रक्षा गर्ने बताएका छन । उनले भने मैले फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस् ।’
लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति हुने बताएका छन । संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने प्रचण्डको भनाई रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...