जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ ः अध्यक्ष प्रचण्ड

Written by meropradesh creator

२८ फाल्गुन २०७७, शुक्रबार

बुटवल ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउने बताएका छन् । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय एतिहासीक माहाधिबेशनलाई सम्बोधन गर्दै जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा अनौठा परिघटना देखा पर्न थाल्दा देश अनिष्ट तर्फ जान सक्ने संकत समेत गरेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको तर्फ प्रचण्डले संकेत गर्दै जन्मिसकेको बच्चालाई फेरि आमाको गर्वमा लगिदिने जस्तो अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताएका छन । उनले शान्तीपूर्ण आन्दोलनको आँधी बेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताएका छन् । दलित, मधेशी , मुस्लिम ,महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको बताएका छन ।
झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधान, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको भन्दै यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा आफुले रक्षा गर्ने बताएका छन । उनले भने मैले फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस् ।’
लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति हुने बताएका छन । संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने प्रचण्डको भनाई रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...