जर्मनले नेपाललाई १० मिलियन युरो दिने

Written by meropradesh creator

१२ चैत्र २०७७, बिहीबार

काठमाण्डौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासको लागि १० मिलियन युरो रकम अनुदान दिने भएको छ ।
जर्मनीले नेपाललाई दिन लागेको अनुदानको सम्झौता अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाड सेइफरबीच सम्झौता भएको हो । सम्झौता अनुसार नेपाललाई प्राप्त हुने उक्त रकमवाट सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्ने, सोलार इरिगेसन विस्तार गर्ने र अन्य सामाजिक क्षेत्रका गतिविधिहरु विस्तार गर्न सहयोग पुर्याउने छ ।
जर्मनीले दिएको सहयोग रकमले नेपालको ग्रामिण भेगका क्षेत्रहरुमा केन्द्रित हुनेछ । जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यबद्धता जनाएको र जर्मनीलाई जलवायु परिर्वतनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको नेपालका लागि जर्मनीका राजदूत सेइफेरले बताएका छन् ।उनले भने– आर्थिक बृद्धिका लागि उर्जा एक महत्वपूर्ण तत्व भएकाले ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिहेको छ । अहिले यो बिषय विश्वव्यापी रुपमा चुनौतीको बिषय भएकाले सबै मुलुकहरु एक भएर लाग्नु आवश्यक रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...