जर्बजस्ती करणी उद्योगमा फरार रहेका कठायत पक्राउ

Written by meropradesh creator

१ भाद्र २०७९, बुधबार

रामेछाप । आफ्नै भतिजी बुहारीलाई जर्वजस्ती करणी गर्ने अभियाेगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पबन कठायत  पक्राउ परेका छन् ।

उनलाई बुधवार प्रहरीले जिल्ला सदरमुकाम मन्थलीवाटै पक्राउ गरेको हो । साबिक रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई केही वर्षअघि देखी कठायत मन्थलीमा व्यवसाय संचालन गर्दै आएका छन् । उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका–१ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जर्वजस्ती करणी गर्न खोजेको भन्दै कठायत विरुद्ध यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन ।

बुहारीले प्रहरीमा जर्वजस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि कठायत फरार भएका थिए । फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले जानकारी दिए । उनले भने– पक्राउ परेका कठायतलाई आजै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाइने छ ।

करीव एक महिना अघि रामेछाप जिल्ला अदालतवाट कठायतका भतिज प्रदीप कठायत र बुहारी बिनु यादव बिच सम्बन्ध विच्छेदको फैसला भएको थियो । अदालतले जर्वजस्ती आफ्नो श्रीमान् सँगकाे सम्वन्ध बिच्छेद गराएको भन्दै रामेछाप जिल्ला अदालत भित्रै बिनु यादवले बिष सेवन गरेकी थिइन । बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो ।

यादवलाई उनका काका ससुरा कठायतले अदालतले आज हाम्रो पक्षमा फैसला हुँदैछ, भन्दै आफु एक्लै बसिरहेको कोठामा पसि जर्वजस्ती करणी गर्न खोजेको र आफु जर्वजस्ती करणी गर्ने प्रयासवाट उम्कन सफल भएको भन्दै बुहारी यादवले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...