जोशीको परिवारद्वारा सरकारले दिएको उपचार खर्च नलिने

Written by meropradesh creator

८ चैत्र २०७७, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि सरकारले दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले नलीने बताएको छ ।
जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि सरकारले दिन लागेको जानकारी प्राप्त भए पनि जोशीको परिवारले उक्त सहयोग रकम अस्वीकार गरेको छ ।
मन्त्रिपरिषद बैठकले मस्तिष्क घातपछि उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएको थियोे । उहाँले सरकारको तर्फबाट १० लाख सहयोग गर्ने निर्णय गरेको बताउनुभएको थियो । फागुन १४ मा मस्तिष्कघात भएपछि अस्पताल भर्ना हुनुभएको जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...