जोखिम भत्ता नपाएपछी स्वास्थ्यकर्मी निरास

Written by meropradesh creator

३० जेष्ठ २०७८, आईतवार

निराजन ढुङ्गेल
रामेछाप । मन्थली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वस्थ्यकर्मीले सरकारले घोषणा गरेको कोरोना जोखिम बापतको भत्ता नपाएपछी स्वास्थ्यकर्मीहरु निरास बनेका छन् । सरकारले तोकेको जोखिम बापतको भत्ता एक बर्ष अघि देखिकै नपाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले आफुहरुले पाउनु पर्ने जोखिम बापतको सुबिधा एक बर्ष अघि देखि कै नपाएको बताएका छन । कोभिड १९ सुरु भए देखी आफुहरुले सामान्य बिरामीका साथै कोरोनाका बिरामीहरुको पनि सेवा गरिरहेको तर जोखिम बापतको सुबिधा नपाएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली निमित्त कार्यालय प्रमुख डाक्टर नबराज श्रेष्ठले बताए ।
रामेछाप जिल्लाका अन्य पालिकाले पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको सुबिधा भन्दा पनि थप गरेर दिएको तर मन्थली नगरपालिकाले सरकारले तोकेको सेवा सुविधा पनि नदिनेको स्वास्थकर्मी बताउछन् । घरपरिवार र आफ्नो ज्यानको प्रबाह नगरी बिरामीको सेवा गर्दा पनि सुबिधा नपाउदा काम गर्ने जोश जागर हराएको श्रेष्ठ बताउँछन् ।
यस्तै अस्पताल ब्यबस्थापन समितिले पनि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न नसकेको र बेवास्ता गरेको आरोप लगाएका छन् । नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि आश्वासन मात्र दिएको तर वास्ता नगरेको प्राथमिक स्वास्थ केन्द्र मन्थलीका ब्यबस्थापन समितिका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठले बताए ।
मन्थली नगरपालिकाले भने स्वास्थ्यकर्मीले बाह्रै महिनाको जोखिम भत्ता दाबी गरेकाले त्यो दिन नसकिने बताएका छन् । माहामारी अवधिको सुबिधा उपलब्ध गराएको मन्थली नगरपालिकाले जनाएको छ । जोखिमको समयमा स्वास्थ्यकर्मीले विभिन्न बाहाना बनाउँदै बखेडा झिकेर नागरिकको स्वास्थ्य सगं खेलबाड गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् । मन्थली नगरपालिका भित्र एउटा आयुर्वेदिक कार्यालय सहित २४ वटा स्वस्थ्य संस्था रहेका छन् भने तीन जना विद्यालय नर्स सहित १ सय २७ जना स्वस्थ्यकर्मी कार्यरत रहेकाछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...