कामाण्डौ । नेकपा माओवादी केन्द्रले भाद्र,असोज र कार्तिक ३ महिना ‘जनतासँग पार्टी अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधवार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका छन् ।
त्यस्तै अभियानका क्रममा देशभरका सबै ६ हजार ७ सय ४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसङ्ख्याको कम्तीमा १० प्रतिशतलाई सङ्गठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्य तालिका बनाउने, मङ्सिरमा विधान सम्मेलन गर्ने, सचिवहरूले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ ।