जनताले तिरेको एम्बुलेन्सको पैसा फिर्ता गर्छु– अध्यक्ष खड्का

Written by meropradesh creator

२० माघ २०७७, मंगलवार

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आफु जेलमा रहँदा आफ्नो अनुपस्थितीमा गाउँ पालिकाले बिरामी जनतासँग उठाएको एम्बुलेन्सको रकम फिर्ता गर्ने बताएका छन् ।
सो कुरा उनले पाँच महिनापछि आफ्नो अध्यक्ष पद पुर्नबहाली गर्ने क्रममा संचारकर्मीहरु माझ बताएका हुन् । अध्यक्ष खड्काले आफ्नो कार्यकालमा गाउँपालिकाका सबै बिरामीहरुलाई अस्पतालसम्म पुर्याउँन निःशुल्क रुपमा एम्बुलेन्स संचालन गरेका थिए । पाँच महिना अघि अध्यक्ष खड्कालाई केही व्यक्तीले षडयन्त्र पूर्बक शरीर बन्धक, जर्बजस्ती करणी र ठगी गरि तीनवटा मुद्धा लगाएर प्रहरीले हिरासतमा लिएपछि गाउँपालिकाका केही व्यक्तिले बिरामीले एम्बुलेन्स प्रयोग गरेबापत रकम उठाउन शुरु गरेका थिए ।
आफ्नो कार्यकालमा बिरामी जनतालाई निःशुल्क एम्बुलेन्स संचालन गर्ने पालिकाले निर्णय गरेपनि म जेल गएपछि सो निर्णय बिरुद्ध बिरामीले एम्बुलेन्स प्रयोग गरे बापत ७ हजारको दरले रकम लिने निर्णय गरेको रहेछ । उक्त निर्णय आजैका मितिदेखी लागु हुने गरि खारेज गरेर सबै जनतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिए ।
उनले भने– म जेलमा रहँदा ५ महिनाको अवधिमा कुन–कुन बिरामीले के–कती रकम एम्बुलेन्स प्रयोग गरे बापत तिर्नु भयो । त्यो तिरेको बिल लिएर मसँग आउँनुस त्यो रकम म व्यक्तिगत रुपमा फिर्ता गर्र्ने छु । पालिकासँग पाँच महिनाको अवधिमा बिरामी जनतासँग उठाएको एम्बुलेन्सको रकमको सबै हिसाब किताब समेत खोज्ने अध्यक्ष खड्काले बताए ।
गाउँपालिकाले बिरामीलाई निःशुल्क रुपमा प्रयोग गर्न दिएको एम्वुलेन्स पालिकाको अध्यक्ष नहुने बित्तिकै पुनः पालिकाले रकम उठाउन थालेपछि गाउँका बिरामी नागरिकहरु मारमा परेको लिखुतामाकोशी गाउँपालिका वडा नं–५ कि बिन्दा खड्काले जानकारी दिइन । उनले भनिन्– पालिका प्रमुखले जनतालाई निःशुल्क एम्बुलेन्स सेवा दिदा धेरै खुशि भएका थियौ । पछि पुनः एम्बुलेन्स प्रयोग गरेवापत रकम तिर्नु पर्दा सारै दुःख लागेको थियो । पालिकाका अध्यक्षले पुनः पदबहाली गरेसँगै एम्बुलेन्स प्रयोग गरे बापतको रकम निःशुल्क घोषणा गरेपछि आफुहरुलाई धेरै खुशी लागेको खड्काले बताइन ।
लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षको रुपमा पाँच महिनापछि पुनः पदबहाली गरेका अध्यक्ष खड्काले गाउँपालिकाको मेरुदण्डको रुपमा रहेको हलेदेबेसी–धोबी सडक कालोपत्रे गर्ने बताएका छन् । त्यसैगरी खानेपानीको चरम समस्या झेल्दै आएका नागरिकहरुलाई खानेपानी सहज बनाउन तत्काल योजना अघि सार्ने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...