रामेछाप । नेपाली कांग्रेस रामेछापले जनताको साथमा राष्ट्रिय कार्यक्रम सम्पन्न भएको जनाएको छ । कांग्रेसले २२ गते बाटशुरु गरेको अभियान शुक्रबार पार्टीकार्यलयमा आयोजना गरि राष्ट्रिय अभियान कार्यकर्म जिल्लामा सम्पन्न भएको जनाएको हो ।
कांग्रेस रामेछापले २२ र २३ गते जिल्लाको बिभिन्न पालिकामा कार्यक्रमको आयोजना गरेको थियो भने २४ गते पार्टीकार्यलयमा कार्यक्रम राखेको थियो । पालिका पालिकामा कार्यक्रम आयोजना गरि गठबन्धन दलका जुनसुकै पार्टीका नेताले टिकट लिएर आएपनी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले इमान्दारीता पुर्वक भोट हाल्नु पर्ने नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं अभियानका केन्द्रिय प्रतिनिधि हरिशरण नेपाली अहिले कस्ले र कुन पार्टीले टिकट ल्याउछ को उम्मेदवार बन्छ भन्ने भन्दा पनी गठबन्धन दलका उम्मेदवार जो बने पनी जिताउन लाग्न आग्रह गरेका छन् । अभियानलाई सम्बोधन गर्दै संविधानको रक्षा र देश निर्माणको लागी गठबन्धनका उम्मेरदवारले प्रतिनिधि र प्रदेश सभाको चुनाब जित्न आवश्यक रहेको बताएका छन् । मंसिर ४ गते पछी दुइ तिहाइ बहुमतको स्थाइ सरकार कांग्रेसको नेतृत्वमा बन्ने भएकोले हामीले इमान्दारीता पुर्वक भोट हाल्नु पर्ने बताए ।