जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

Written by meropradesh creator

२३ चैत्र २०७८, बुधबार

रामेछाप । नागरिकहरुको मतदान प्रक्रियामा नाम एकिन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको पत्राचारलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता नामावली अभिलेखीकरण गर्नको लागि २०७४ साल यता मृत्यु भएका व्यक्तिको बिवरण माग गर्न निर्वाचन कार्यालय रामेछापले मिति २०७८÷११÷१९ गते गरेको पत्राचार गरेको थियो । निर्वाचन कार्यालयले गरेको उक्त पत्रलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीवाट मृत्यु भएका व्यक्तिहरुको अभिलेख जिल्लाका ८ वटै स्थानिय तहमा माग गरेको थियो ।

स्थानिय तहलाई गरेको पत्राचार मध्ये मन्थली नगरपालिकाको २ वटा वडा, रामेछाप नगरपालिकाको १ वटा वडा, उमाकुण्ड गाउँपालिकाले १ वटा वडा र गोकुलगंगा गाउँपालिकाले १ वटा वडाको मात्रै अभिलेख पठाएका छन् । जसमध्ये मन्थली नगरपालिका–५ वाट १५ जना र वडा नं–७ वाट १६ जनाको मृत्यु भएकाले मतदाता नामावलीवाट विवरण हटाउन पत्राचार गरेका छन् ।

यसवाहेक रामेछाप नगरपालिका–८ वाट १७ जना, गोकुलगंगा गाउँपालिका–६ वाट १८ जना र उमाकुण्ड गाउँपालिका–३ वाट ११ जना गरी कुल ७७ जनाको नाम मतदाता नामावलिवाट हटाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए । उनले भने– आगामी बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनको लागि मृत्यु भएका व्यक्तिहरुको नामावली सहितको विवरण उपलव्ध गराउन पत्राचार गरे पनि स्थानिय तहका जनप्रतिनिधिले विवरण उपलव्ध नगराउँदा मृत्यु भएका व्यक्तिहरुको नाम हटाउन नसकिएकोे निर्वाचन अधिकृत शाहले बताए ।

निर्वाचन कार्यालयले मृत्यु भएका व्यक्तिहरुको विवरण माग गरेको पत्र कार्यालयमा प्राप्त भएको र पत्र अनुसार विवरण पठाउन कर्मचारीलाई निर्देशन दिएता पनि अहिलेसम्म उक्त विवरण नपठाएको भेटिएकाले तत्काल उक्त विवरण पठाउन निर्देशन दिएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिए ।

मृत्यु भएका मतदाताहरुको विवरणको सम्वन्धमा अहिलेसम्म गाउँपालिकाले वडा कार्यालयमा पत्राचार समेत नगरेका कारण आफुहरुलाई यस बिषयमा कुनै जानकारी नै नभएको दोरम्वा शैलुङ्ग गाउँपालिका–६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले जानकारी दिए । उनले भने– निर्वाचन कार्यालयले गाउँपालिकामा पत्राचार गरेको भए पनि गाउँपालिकाले वडामा कुनै पत्राचार वा टेलिफोन केही नगरेकाले हामीलाई यस बिषयमा अनविज्ञ रहेको अध्यक्ष गजुरेलले बताए ।

निर्वाचन कार्यालयले मतदाताको विवरण कायम गर्दा मृत्यु भएका मतदाताहरुको समेत नाम समावेश भएकाले फर्जी मत खस्न सक्ने धेरै सम्भावना भएको मन्थली नगरपालिका–४ सालुका मदन अधिकारीले जानकारी दिए । उनले भने– मरेका मान्छेको समेत नाम हटाउन नसक्ने निर्वाचन कार्यालयले के निश्पक्ष निर्वाचन गराउँला उनले एल्टै प्रतिप्रश्न समेत गरे । निर्वाचनको समयमा रामेछापका अधिकासं मतदान स्थलवाट मृत्यु भएकाहरुको नामवाट अन्य व्यक्तिले फर्जी मत खसाल्न सक्ने सम्भावना धेरै भएको पनि अधिकारीले बताए ।

स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरु नागरिकहरु प्रति संवेशनशिल नभएको आरोप स्थानिय नागरिक अगुवाहरुले लगाएका छन् । निर्वाचित जनप्रतिनिधिहरु आगामी स्थानिय तहको निर्वाचनमा पनि आफ्नो पार्टीलाई जिताउने नाममा फर्जी मत खसाल्न पाइन्छ भन्ने उद्धेश्यले मृत्यु भएका नागरिकहरुको अभिलेख निर्वाचन कार्यालयमा नपठाएको हुनसक्ने आशंका उब्जिएको नागरिक समाजका अगुवा बिरेन्द्र श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...