जनप्रतिनिधि र स्थानिय द्वारा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई बहिस्कार

Written by meropradesh creator

२१ पुष २०७९, बिहीबार

रामेछाप–रामेछाप र दोलखाको सिमानामा भएर बग्ने खिम्तीखोलामा निर्माण गर्न लागेको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम जनप्रतिनिधि र स्थानीयले बहिस्कार गरेका छन् । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ र दोलखाको जिरी नगरपालिका १, २ का वडा अध्यक्ष सहित स्थानिय नागरिकहरुले उक्त कार्यक्रम बहिस्कार गरेका हुन् ।


चुचुरेमा आयोजना गरेको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको ३३ केभी विद्युत प्रसारण लाइन आयोजना मस्यौदाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका स्थानीयलाई सूचना नगरिएको भन्दै जनप्रतिनिधि सहित स्थानीयले सार्वजनिक सुनुवाई नै बहिस्कार गरेका हुन् ।

सार्वजनिक सुनुवाइको लागि कम्तिमा पनि हप्ता दिन अगाडि जानकारी गराउनु पर्ने भएपनि निलगंगा हाइड्रपावर कम्पनीले एक दिन अगाडि मात्रै केही स्थानमा सूचना टाँस गरी स्थानीयलाई सहभागी नगराउने उद्देश्यले सार्वजनिक सुनुवाई गर्न लागेपछि कार्यक्रम नै बहिस्कार गरिएको प्रभावित क्षेत्र गोकुलगंगा– १ चुचुरेका स्थानीय टिका कार्कीले बताए ।

कार्कीले भने– ‘निलगंगा हाइड्रपावर कम्पनीको जिम्मेवार व्यक्तिको अध्यक्षमा कार्यक्रम हुनु पर्ने भएपनि नियम विपरित गोकुलगंगा–१ का वडाध्यक्षको अध्यक्षतामा कार्यक्रम गरेर सबै स्थानीयलाई झुक्याउन खोजेपछि हामीले कार्यक्रम बहिस्कार गर्‍यौ । त्यति मात्रै हैन, प्रभावित क्षेत्रका २५ प्रतिशत भन्दा कम स्थानीयको उपस्थिति थियो । स्थानीय नागरिकका विरुद्धमा रहेका र हाइड्रको पक्षमा रहेका मान्छेहरुको बढी उपस्थिति थियो । त्यसैले पनि जिरी नगरपालिका वडा नं १ का वडाध्यक्ष आङपासाङ शेर्पा, वडा नं २ का वडाध्यक्ष निमपल्दे शेर्पा र गोकुलगंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष छत्रबहादुर बस्नेतको समेत सहमितमा कार्यक्रम बहिस्कार गरिएको हो ।’

यस अघि त्यहि क्षेत्रमा दुई ओटा जलविद्युत आयोजनाको काम सम्पन्न गरेको हिमालय उर्जा विकास कम्पनी लिमेटेडले स्थानीयसँग गरेका सम्झौतालाई कार्यन्वयन नगरी काम सम्पन्न गरेको र हाल निलगंगा हाइड्रपावर कम्पनी पनि त्यही हिमालय उर्जा विकास कम्पनीमा आवद्ध भएका व्यक्तिहरुबाट नै संचालित भएकाले अगाडि भएका सम्झौतालाई कार्यन्वयन गर्नु पर्ने, सार्वजनिक सुनुवाईमा प्रभावित क्षेत्रका सबैलाई कम्तीमा एक हप्ता अगाडि खबर गर्नु पर्ने लगायतका मागहरु राखिएको कार्कीले बताए ।
निलगंगा हाइड्रपावर कम्पनीले खिम्ती खोला र घ्वाङ खोलाको पानी जम्मा गरेर ९ मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारेको छ । उक्त क्षेत्रमा हिमालय उर्जा विकास कम्पनी लिमेटेडले ७ मेगावटको अप्पर खिम्ती र १२ मेगावटको उपल्लो खिम्ती जलविद्युत आयोजनाको काम सम्पन्न गरीसकेको छ । तर, सम्पन्न आयोजनाका कारण अहिले खोलामा १० प्रतिशत पानी नछोडिएको कारण उक्त खोला आसपासका जंगली जनवार संकटमा परेको पनि स्थानीयले आरोप लगाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...