जनमैत्री सहकारीको चौथौँ साधारण सभा सम्पन्न

Written by meropradesh creator

१५ चैत्र २०७७, आईतवार

रामेछाप । मन्थली नगरपालिका–९ पुरानोगाँउमा रहेको जनमैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथौँ साधारण सभा सम्पन्न भएको छ । २०७३ सालमा स्थापना भएको जनमैत्री साना किसान कृषि सहकारी संस्थाको कुल पुँजी १६ लाख रुपियाँ रहेको छ । १५१ जना सदस्य रहेको सरकारीले आर्थिक वर्ष २०७६÷०७७ मा एक लाख ३० हजार रुपियाँ भन्दा बढी नाफा कमाएको छ ।
सहकारीका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले सहकारीहरुले कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा लगानी बढाउनुपर्ने बताएका छन । उनले कृषि क्षेत्रको विकास विना मुलुकको समृद्धि हुन नसक्ने भन्दै अब सहकारीहरुले कृषि ,पशु र लघु उद्यमका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भोजराज कडरिया, जिल्ला पार्टी कमिटी अध्यक्ष आनन्द श्रेष्ठ ,सचिवालय सदस्य लव श्रेष्ठ, मन्थली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बुद्धि बहादुर पुलामी मगर, गैर सरकारी संस्था महासंघका अध्यक्ष भुवन कुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघका सचिव नवराज श्रेष्ठ लगायतले मुलुकको आर्थिक समृद्धिको लागि सहकारीहरुको भूमिका महत्वपूण हुने बताएका छन । सहकारीहरुले अहिलेसम्म गरेका लगानी प्रभावकारी छन् कि छैनन् भन्ने बारेमा अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...