काठमाडौं ः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनभावना अनुकुल फैसला नभए देशमा आँधीहुरी ल्याउने चेतावनी दिएको छ । आफु सर्वोच्च अदालतबाट जनभावना अनुकुल फैसला हुनेमा विश्वास्थ रहेको बताएका छन् ।
काठमाण्डौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनता सडकमा ओर्लिसकेको भन्दै न्यायाधीशहरुले जनभावनालाई हेरेर निर्णय गर्नेमा विश्वास्त रहेको बताएका हुन् । उनले जनभावना विपरित काम भए विद्रोह हुनसक्ने समेत चेतावनी दिएका छन् ।
’संविधानको मर्म,जनताको चाहना विपरित काम भए त्यो नेपाली जनतालाई सह्य नहुने बताएका छन् । यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए के हुन्छ ? प्रचण्डले प्रश्न गरे । जनभावना विपरित निर्णयहरु भएमा संघर्ष हुने समेत उनले बताए ।
’निर्णय जनताको पक्षमा नआए आँधी हुरी आउँछ । कसैले थाम्न सक्दैन । हामी सानो समूहले विद्रोह गर्दा पहिला के भयो ? अहिले लाखौं जनता सडकमा उत्रे के हुन्छ? ’ प्रचण्डले चेतावनी दिँदै भने ।
संवैधानिक निकायले ओलीको सनकको भर डराएर फैसला गर्छ भन्नेमा आफूलाई विश्वास नभएको समेत बताए। साथै उनको समूहमा भएका धेरै नेताहरु आफूहरुसँग आउन तयार भएको उनले दाबी गरे ।
’दुई जना मन्त्री फर्किन तयार छन् । केपी ओली भ्रममा कति दिन बाच्ने हुन् उनले भने । ओलीलाई राजीनामा दिन आग्रह गर्दै उनले राजीनामा दिएर पश्चाताप गरे जनताले माफ गर्न सक्ने प्रचण्डको टिप्पणी थियो । तर ओली भने अझै निरंकुश बन्दै जाने उनको दाबी थियो । त्यसैले ओली जनताको शरणमा भन्दा भगवानको शरणमा जान रुचाएको प्रचण्डले बताए ।
आफ्नो निर्वाचन क्षेत्रलाई रामभूमी भनेर साबित गर्नु ओली लागेको भन्दै त्यसो भए आफू नै सबैभन्दा बढी खुशी हुने प्रचण्डले बताए ।