जलविद्युत आयोजना अलपत्र

Written by meropradesh creator

२९ कार्तिक २०७७, शनिबार

कार्तिक २९, रामेछाप ।
दोरम्वा गाउँपालिका वडा नं–१ डडुवाको मिल्ती खोलामा निमार्ण गरिएको मिल्ती लघु जलविद्युत आयोजना एघार बर्षदेखी अलपत्र परेको छ ।
दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्ती खोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना रकम अभावको कारण एघार बर्षदेखी अलपत्र रहेको हो । विजुली वत्तीमा बस्ने अभिलाषाका साथ दोरम्वा गाउँपालिका वडा नं.–१ डडुवा मेघ्रेका ८० घरधुरीले २ हजार रुपैयाँ का दरले चन्दा उठाएर उक्त आयोजना शुरु गरेका थिए ।
स्थानियहरुले अपुग रकम वैकल्पीक उर्जा कम्पनी प्रालिवाट २४ लाख रुपैया लिएका थिए भने तत्कालीन डडुवा गाविसको कार्यालयवाट प्राप्त ४ लाख रुपैयाँ गरी २९ लाख ६० हजार रुपैयाँ खर्चेका थिए । स्थानियहरुले अपुग रकम लघुवित्त विकास संस्थानबाट २४ लाख रुपैयाँ ऋण काढेर २०६५ सालमा विजुली बत्ती बाल्दा कम्ती खुशी भएको थिएनौं । घरमा बिजुली बत्ती बलेको ४ वर्षमा नै आयोजना बन्द हुन पुग्यो । दोरम्वा गाउँपालिकाका वडा नं–१ का डडुवाका बुद्धिवहादुर मोक्तानले जानकारी दिए ।
उनले भने– तत्काल स्थानिय उपभोक्ताहरुले मासिक १ सयका दरले शुल्क उठाएर विजुली बत्ती बालेका थियौं । स्थानिय ८० घरधुरीले उठाएको रकमले विद्युत स्टेशनमा बस्ने कर्मचारीलाई तलब खुवाउन मात्रै रकम पुग्ने र अन्य मर्मत सम्भारको लागि रकम अभाव हुँदा उक्त आयोजना स्थानिय उपभोक्ताहरुले संचालन गर्न सकेनौं मोक्तानले बताए ।
छिमेकी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका र रामेछाप जिल्लाको दोरम्वा गाउँपालिकाको सिमानामा बहने मिल्ती खोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको उक्त विद्युत गृहमा ल्याउन बनाइएको नहर वर्षातमा खोलामा आएको बाडीले बगाएर बिग्राने र समयसमयमा विद्युतको भोल्टेज घटी र बढी हुने हुँदा विद्युतमा जडान गरिएका उपकरणहरु समेत क्षती बढी हुने भयो ।
विग्रीएका उपकरण बनाउन समितिसगँ कुनै रकम नै भएन । स्थानिय उपभोक्ताहरुसँग आयश्रोत नभएका कारण धेरै रकम उठाउन सकिएन । कतिपय उपभोक्ताहरुले त मासिक बिजुली बालेको १ सय रुपैयाँ समेत तिर्न गाह्रो थियो मिल्ती लद्यु जलविद्युत आयोजनाका सचिव ताराबहादुर मोक्तानले जानकारी दिए ।
उनले भने– उत्पादित विजुलीले डडुवा–१ मेघ्रेका सवै घरपरिवारमा विजुली वत्ती वलेको थियो । विजुली वत्ति वाल्न सदरमुकाम मन्थलीमा रहेको लघुवित्त विकास संस्थावाट लिएको २४ लाख ऋण अझै समुहको नाममा रहेकाले उक्त ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । अब ऋण तिर्नको लागि आयोजनाका सामाग्री लिलाम बिक्री गरेर ऋण तिर्ने मनस्थितीमा आफुहरु रहेको सचिब मोक्तानले बताए ।
हाल डडुवाको मेघ्रेमा २०७० साल देखी नै केन्द्रिय विद्युत लाइन पुगेपछि त्यस गाउँका उपभोक्ताहरुले लद्यु विद्युत आयोजना भन्दा केन्द्रिय लाइनकै विद्युत उज्यालो र झन्झट बाट छुटकारा पाउने भन्दै केन्द्रिय लाइन विद्युत जडान गरेपछि पनि उक्त आयोजना अलपत्र परेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मोरङ कानेपोखरीका ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। मृगौलाको पत्थरी निकाल्न वैशाख १७ गते भर्ना भएका भण्डारीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएको भनिए पनि...

उमाकुण्ड गाउँपालिकामा आज सार्वजनिक बिदा

उमाकुण्ड गाउँपालिकामा आज सार्वजनिक बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले चण्डी स्याँदर पर्वको अवसरमा आज बिहीबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले सुनुवार, किराँतलगायत अन्य समुदायले विशेष रूपमा मनाउने यस पर्वको सम्मानस्वरूप स्थानीय बिदा दिने निर्णय गरेको थियो...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...