रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । शुरुमा शुरुमा यो जल बिद्युत आयोजना सञ्चालनमा ल्याएको भएता पनी पछी आएर एघार बर्ष देखी प्रयोग बिहिन अवस्थामा रहेको छ ।
दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्ती खोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जल विद्युत आयोजना रकम अभावको कारण एघार बर्षदेखी अलपत्र रहेको छ । विजुली वत्ती नहुँदा दोरम्वा गाउँपालिका वडा नं.–१ डडुवा मेघ्रेका ८० घरधुरीले २ हजार रुपैयाँका दरले पैसा उठाएका थिए भने बाँकी अपुग पैसा वैकल्पीक उर्जा प्रालिवाट २४ लाख रुपैया र तत्कालीन डडुवा गाविसको कार्यालयवाट प्राप्त ४ लाख रुपैयाँ गरी २९ लाख ६० हजार रुपैयाँ खर्चेर मिल्ती लघु जल विद्युत आयोजना सञ्चालनमा ल्याएका थिए । स्थानियहरुले अपुग रकम लघुवित्त विकास संस्थान बाट २४ लाख रुपैयाँ ऋण लिएर २०६५ सालमा विजुली बत्ती बालेका थिए । स्थानिय उपभोक्ताहरुले मासिक १ सयका दरले शुल्क उठाएर विजुली बत्ती बालेका थिए । स्थानिय ८० घरधुरीले उठाएको रकमले विद्युत स्टेशनमा बस्ने कर्मचारीलाई तलब खुवाउन मात्रै रकमपुग्ने र अन्य मर्मत सम्भारको लागि रकम अभाव हुँदा उक्त आयोजना पूर्णरुपमा बन्दहुन पुगेको मिल्ती लघु जलविद्युत आयोजनाका सचिब ताराबहादुर मोक्तानले बताए ।
उनका अनुसार हिउँदको समयमा विद्युत उत्पादनमा सहज भएता पनि वर्षातको समयमा आउने मिल्ती खोलाले सिंचाई कुलो बगाउने ट्रमिनलमा समेत क्षतीगर्ने र विद्युतमा प्रयोग भएका सामानहरु पुरानो हुँदै जादा बढी विग्रने र मर्मत गर्न धेरै खर्च लाग्ने र रकम अभाव भएकै कारण विद्युत उत्पादन बन्द भएको हो । पछि २०७० सालमा केन्द्रीयविद्युतको लाइन डडुवाको मेघ्रेमा पुगेपछि मिल्ती खोलाको लघु जलविद्युत आयोजना बन्द भएको छ भने उक्त आयोजनामा प्रयोग भएका सामाग्रीहरु खियालागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।