जिसस रामेछाप द्वारा गोकुलगंगा भित्रका योजना अनुगमन ः निर्माण संतोषजनक

Written by meropradesh creator

२२ चैत्र २०७९, बुधबार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले गोकुलगंगा गाउँपालिका भित्र सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकामा सञ्चालित योजनाहरु संतोषजनक तवरले निर्माण भैरहेको जिल्ला समन्वय समिति रामेछापका इन्जिनियर सम्पद न्यौपानेले बताए ।

अनुगमन समितिले गोकुलगंगा गाउँपालिकामा सञ्चालित ठुला ६ वटा योजनाहरुको अनुगमन गरेको छ । समन्वयका इन्जिनियर न्यौपानेका अनुसार गाउँपालिका परिसरमा निर्माणधिन प्रशासनिक भवनको काम २० प्रतिशत सम्पन्न भएको छ । संघिय सरकार र स्थानिय तहको लागत साझेदारीमा भवन निर्माण भएको आरण बजेट अभावको कारण हाल रोकिएको छ । एक घर एक धारा कार्यक्रम अन्र्तगत समान खरिद कार्यक्रम अनुसार समान खरिद कार्य सम्पनन भई सकेको छ । समान गाउँपालिकामा रहेको बताए ।


त्यसैगरी वडा नम्बर ३ भिम्सेन स्थान आधारभुत बिद्यालयमा कम्पाउण्ड वाल निर्माण र फनिचर ब्यवस्थापनको काम ४० प्रतिशत सम्पन्न भै सकेको बताएका छन् । गाउँपालिकाको केन्द्र भिमसेनथान लालिवकु हुदै वडा नम्बर ६ फर्पु वडा भवन सडक सडकको काम ९० प्रतिशत, वडा नम्बर ६ फर्पुमा रहेको श्रीमावी फर्पुको ल्याण्ड साइड वाल निर्माण ५० प््रतिशत र वडा नम्बर ६ मा निर्माण हुदै गरेको झ्यामकिरी बिद्यालयको भवन निर्माणको काम ३० प्रतिशत सम्पन्न भइ सकेको जानकारी दिएका छन् । उनले भने “ हामीले वडामा सञ्चालित ६ वटा योजनाहरु अनुगमन गर्दा संतोषजनक भेटेका छौं ।

उहाँहरुलाई केहि प्राविधिक कठिनाइ रहेको अवस्थामा सहजिकरण गर्ने काम गरेका छौं ।
जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको बताइन । उनले भनिन् हामीले उमाकुण्ड गाउँपालिका सकेर गोकुलगंगा गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको अनुगमन गर्दा काम सतोषजनक रहेको पाएका छौं । खासै निर्माणमा समस्या देखिएको छैन् ।

आज भोलि भर्खर काम शुरु भएको छ । शुरुमा सल्लाह दिदा राम्रो काम हुन सक्छ । केहि समस्या रहेको स्थानमा सल्लाह सुझाब दिएका छौं । पकैं पनि उहाँहरुले हाम्रो सल्लाहलाई सकारात्मक ढंगले लिने छ भन्ने बिश्वास लिएका छौं । कामको अनुगमन निष्पक्ष हुन्छ । अनुगमनको क्रममा देखिएका केहि कमी कम्जोरीहरू सुधार्न सल्लाह दिएका छौं यदि अटेर गरे कानुन अनुसार कार्बाहि हुन्छ । प्रमुख कार्कीले भनिन् .।

त्यस्तै गरि उप्रमुख प्रेमसागर थापाले भने हमीले २० लाख भन्दा माथीको योजनाहरु हेरेर सल्लाह दिदै आएका छौं जसको कारण बिकास निर्माणको कामले गति लिने छ । उपप्रमुख थापाले भने हमाीले उमाकुण्ड गाउँपालिका पछी गोकुलगंगा गाउँपालिकामा सञ्चालित योजनाहरु हर्यौ सबै योजनाहरु संतोषजनक छ । जिल्ला समन्वयले जिल्लाको ८ वटै पालिकामा रहेका ठुला योजनाहरु हेर्ने लक्ष्य लिएको छ त्यसै अनुसार हामी लागी परेका छौं ।

जिल्ला समन्वय अधिकारी बिनिता भट्टराइले जिल्लामा सञ्चालित २० लाख भन्दा माथीको ठुला योजनाहरुको अनुगमन अनिवार्य रुपमा जिल्ला समन्वय बाट गर्नुपर्ने हुन्छ । सोहि अनुसार हामीले ति योजनाहरुको अवस्था हेरेर सुझब दिदै आएका छौं । जसको कारण निर्माणकार्य मजवुत होस भन्ने हाम्रो लक्षय हो । प्राबिधिकले नबुभेको कुरा बुझाउनका सार्थै सुधार गर्न पर्ने स्थानमा सुधार गर्न समेत सुझाव दिनु भएको छ ।समन्वय अधिकारी भट्टराईले भनिन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...