जिसस द्वारा वडा सचिबहरुलाई अभिमुखीकरण

Written by meropradesh creator

२२ चैत्र २०७९, बुधबार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले वडा सचिबहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला समन्वय समिति रामेछापले जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका वडा सचिबहरुलाई अभिमुखिकरण कार्यक्रम सहभागी गराएको छ । यस अघि सञ्चालित अन्य पालिकाका कार्यक्रममा सहभागी नभएका सचिबहरुलाई समेत आज सञ्चालित कार्यक्रममा सहभागि गराएका छन् । यस अघि रामेछाप नगरपालिका,मन्थली नगरपालिका, सुनापती, दोरम्बा र खाडाँदेवी गाउँपालिकाका वडा सचिबहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको जिसस रामेछापले जनाएको छ ।
अभिमुखी कार्यक्रममा सहभागी वडा सचिबहरुलाई मालपोत कार्यलय संग सम्बन्धीत विषय बस्तुमा मालपोत कार्यलयका प्रमुख लिलानाथ दहाल, वडा सिफारीस र मुचुल्का लगाएत जिल्ला प्रशासन कार्यलय संग सम्बन्धी नितिनियमको बारेमा जिल्ला प्रशासन कार्यलय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले सहजिकरण गरेका थिए । त्यस्तै गरी सामाजिक सुरक्षा र व्यक्तिगत घट्ना दर्ता सम्बन्धी जिल्ला समन्वय अधिकारी बिनिता भट्टराई वडा सचिबहरुलाई सहजिकरण गराएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की)ले वडाका नागरिकलाई सहज बातावरणमा सेवा उपलब्ध गराउन आग्रह गर्नु भएको छ । प्रत्यक्ष नागरिक संग रहेर काम गर्ने वडा सचिब भएकोले कानुनलाई ध्यानमा राख्दै सहज सरल र छिटो सेवा दिन आग्रह गर्नु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...