जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

Written by meropradesh creator

२७ फाल्गुन २०७७, बिहीबार

रामेछाप । प्रमुख जिल्ला अधिकारीको रुपमा मंगलवार देखी रामेछाप जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले समग्र जिल्लालाई शुसान मैत्री बनाउने बताएका छन् ।
सो कुरा उनले वुधवार जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा भएको पत्रकारहरुसँगको छलफल कार्यक्रममा बताएका हुन् । उनले जिल्लाको समग्र अवस्थाको बिषयमा विभिन्न संचारमाध्यमहरुमा आवद्ध भई काम गर्दै आएका संचारकर्मीहरुसँग राय संकलन गर्ने र त्यसको वरिपरी रहेर काम गर्ने गरि पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लाका समस्याको बिषयमा पत्रकारहरुले जानकारी गराएका थिए । पछिल्लो समयमा जिल्लामा अस्तवस्यत वजार अनुगमन, नियम विपरित क्रसर उद्योग संचालन र नदी दोहन, नदीजन्य पदार्थ उत्खनन गर्न नदीको धार परिवर्तन, जिल्लामा संचालन भएका सवारीसाधनले मनलाग्दी भाडा लिने गरेको जस्ता समस्याहरुको बिषयमा पत्रकारहरुले जानकारी गराएका थिए ।


त्यसैगरी सरकारी कार्यालयका सवारीसाधनहरु सार्वजनिक विदाका दिनमा पनि मनलाग्दी तरिकाले गुड्ने गरेको, सरकारी कार्यालयका सूचनाहरु लुकाउने गरेको, कार्यालयले सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाउने गर समयअवधि सकिएपछि ती सूचनाहरु कार्यालयको वेभसाइटमा लोड गर्ने जस्ता समस्याहरु जिल्लामा बग्रेल्ती रहेको पत्रकारहरुले प्रजिअ समक्ष राखेका थिए ।
पत्रकारहरुको गुनासो सुनेका प्रजिअ सैजुले आफ्नो कार्यकालमा जिल्लाको शुसान क्षेत्रमा खुलेर काम गर्ने बताए । उनले भने– जिल्लाको समग्र समस्या मैले तपाइहरुवाट सुने, म त्यसलाई पालना गर्न र नियम विपरित कार्य गर्नेलाई कानुन अनुसार कारवाही गर्ने छु । सरकारी कार्यालयले सूचना लुकाएर नदिने गरेको बिषयमा तत्काल सवै सरकारी कार्यालयका सूचना अधिकारीलाई बोलाएर त्यस बिषयमा छलफल चलाउने जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...