रामेछाप । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हरीशरण नेपालीले रामेछाप जिल्लाको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताएका छन् । रामेछापले आय कोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा गोकुलगंगा गाउँ पालिकाको वडा नं ६ फर्पुमा बेल्दै नेपाली काँग्रेस रामेछाप भित्रको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताएका छन् । केन्द्रिय समिति बिबाद मिलाउन लागी परेको भन्दै रामेछापको समस्या छिटै समाधान हुने बताए ।
साथै केन्द्रिय सदस्य नेपालीले काँग्रेसले काँग्रेसबाट मन्त्रि भएका मन्त्रीहरु संग प्रश्न गर्ने कार्यको थालनी समेत गर्न थालेको बताए । केन्द्रिय सदस्य नेपालीले भने“मन्त्रीहरुलाई हामीले पश्न गर्ने गरेका छौं । तपाईले नागरिकको पक्षमा के काम गर्नु भो देशका लागी केके गर्नु भयो त्यसको उपलब्धी के हुदै छ । भन्ने जस्ता प्रश्न गर्ने काम भइ रहेको छ ।”
नेपाली काँग्रेसले औपचारीक रुपमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम सञ्चालन गनु पहिले स्थानमा स्व. राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम रिएको थियो । काङ्ग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङको अध्यक्षतामा दूबै कार्यक्रम हरू सम्पन्न भएका थिए । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि ध्रुबहरी ढुंगेलले स्व.श्रेष्ठले रामेछाप –काठमाण्डौं सम्पर्क मञ्चको सभापति हुँदा र त्यस अघि पार्टिमा दिएको योगदानको चर्चा गर्दै अब त्यस्ता ईमान्दार र वफादार ब्यक्ती पाउन गारो हुने बताएका थिए ।
तत् पश्चात राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा भएको सम्मान तथा अन्तरकृया कार्यक्रममा मा स्थानीय निर्मला खड्का ( काग्रेस नेता स्व. गजेन्द्र खड्का कि धर्मपत्नी ) र ने का पुर्व वडा पार्टि सभापति ईन्द्र बहादुर खड्कालाई पार्टिमा दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । जिल्ला सभापती पुर्णबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस रामेछापका निवर्तमान सभापति एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपाने , ट्रेड युनियन का पुर्व सचिब डि बि अर्याल ,प्रदेश सदस्य उज्वलराम घिमिरे ,महाधिबेशन प्रतिनिधिहरू क्रमश ःध्रुव हरी ढुंगेल, झप्पड राज भण्डारी, नर बहादुर थापा मगर , उषा कार्की, काङ्ग्रेस नेता कृृष्ण बहादुर महत, गोकुल गंगा गाउँ पाालिकाका अध्यक्ष काजी बहादुर खड्का, पालिका सभापति मणि लामा, , लिखु ताकाकोसी गाउँ पालिकाका अध्यक्ष केशब महत लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।