रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका अर्जुनकुमार गुरागाईले पहिलो काम सिमा बिवादको बिषयमा कदम चाल्ने बताएका छन् ।
सो कुरा उनले मंगलवार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् । उनले पत्रकार भेटघाटमा भने बल्लतल्ल आफ्नो जन्मभुमी र कर्म भुमीमा प्रमुख जिल्ला अधिकारीको रुपमा राम्रो काम गर्ने गरि लक्ष्य बोकेर आएको छु । जिल्लामा शुसासन कायम गर्न, भएका सूचनाहरुलाई प्रभाह गर्न जिल्लाको शान्तिसुरक्षाको प्रत्याभुती दिन साथै समग्र रामेछाप जिल्लाको समृद्धिको लागि आफ्नो कार्यकाल व्यथित गर्ने जानकारी दिए ।
आफ्नो गृह जिल्ला भएता पनि जागिरे दौरानमा विभिन्न बाह्य जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरिसकेका गुरागाई यसपटक भने आफ्नै गृह जिल्ला रामेछाप आइपुगेका हुन् । प्रजिअ गुरागाईले भने– आफु जिल्ला बाहिर वस्दा रामेछापको सिमा विवादको बिषयमा धेरै पटक कुरा सुनेकाले आफ्नो कार्यकालमा रामेछाप जिल्ला भित्र पर्ने शैलुङ्ग र सोलुको सिमाको बिषयमा कदम चाल्ने छु । उनले छिमेकी जिल्लाहरु दोलखा र सोलुका प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारीसँग समन्वय गरेर सिमा विवादको काम अघि वढाउने जानकारी दिए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी गुरागाईले जिल्लामा स्थानिय निकाय, प्रदेश सरकार र संघिय सरकारवाट आएको रकमवाट भइरहेको विकास निमार्ण लगाएतका योजनाहरुको स्थलगत अनुगमन गर्ने र आवश्यक निर्देशन दिने बताए । अहिले स्थानिय तहमा व्यापक रुपमा सडक निमार्ण लगाएतका कामहरु भएता पनि गुणस्तरता नभएको गुनासो बढेकाले यसतर्फ पनि प्रशासन गम्भिर भएर लाग्ने जनाए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सबै सेवासुविधा लिन आउने सेवाग्राहीको सहजताको लागि कार्यालय परिसरमा हेल्पडेस्क स्थापना गर्ने भएको छ । हेल्पडेस्कमा निवेदन, लगाएतका फारामहरुको ढाँचा निःशुल्क पाइने गरि व्यवस्थापन गर्ने र लेख्न पढन नजान्ने सेवाग्राहीको हकमा कार्यालयकै कर्मचारीले लेखिदिने समेत व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी गुरागाईले वताए ।
सो पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका संचारकर्मीहरुले पछिल्लो समयमा जिल्लामा निमार्ण भएका सडकमा कालोपत्रे गर्न प्रयोग गरिने सामाग्रीहरु गुणस्तरहिन प्रयोग गरेर काम नै नलाग्ने गरि सडक कालोपत्रे गरिएको, जिल्लामा संचालित हाइड्रोपावरमा चल्ने यातायातका साधनहरुले सडक क्षतविक्षत वनाएर पनि सडक मर्मत सम्भार नगरिदिदा नागरिकहरुले सास्ती खेप्नु परेको बिषयमा जानकारी गराएका थिए ।
त्यसैगरी संचारकर्मीहरुले सरकारी कार्यालयवाट सुचना दिन नै आनाकानी गर्दै आएको, नदी उत्खनन् र नियम विपरित क्रसर उद्योगहरु संचालन हुँदा पनि प्रशासन प्रहरीले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गरेका थिए । त्यस्तै मन्थलीमा रहेको करदाता सेवा कार्यालय परिसरमा बिचौलियाहरु राखेर सेवाग्राहीसँग चुस्त पैसा असुल्ने गर्दा सेवाग्राहीहरु मारमा परेको बिषयमा समेत संचारकर्मीहरुले जानकारी गराएका थिए ।
संचारकर्मीसँगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरागाईले सबै क्षेत्रमा आफुले काम गरेर देखाउने तर आफुलाई जिल्लाका पत्रकारहरुले सहयोग र साथ दिनुपर्ने बताए । प्रजिअ गुरागाईले मंगलवार नै जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग समेत जिल्लाको समग्र बिषयमा छलफल गरेका थिए ।