जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापको नौ बुँदे निर्णय

Written by meropradesh creator

१६ बैशाख २०७८, बिहीबार

रामेछाप । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी नौ बुँदे साझा निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय रामेछापका प्रमुख तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापका संयोजक गौलोचन सैजुको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्रका विद्यालयहरुमा भौतिक उपस्थिति बाहेक सम्भव भएसम्म बैकल्पिक माध्यमबाट पठन पाठन गराउने भनेको छ । सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने समेत निर्णय गरेको छ ।
सार्वजनिक तथा निजी व्यवसाय सञ्चालन गर्दा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराएर मात्र ब्यवसाय सञ्चालन गर्न भनेको छ साथै भारत लगायत अन्य देशबाट जिल्लामा प्रवेश गर्ने मूल नाका सेलेघाटमा मन्थली नगरपालिकाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय तथा स्वास्थ्य कार्यालयको सहयोगमा होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने निर्णयमा भनेको छ ।
भारत लगायत अन्य देशबाट स्थल तथा हवाई मार्गबाट जिल्लामा प्रवेश गर्ने विदेशी तथा नेपाली नागरिकहरुले अनिवार्य रुपमा १० दिन होटल वा होम क्वारेन्टिन बसे÷नबसेको सम्बन्धमा स्वास्थ्य कार्यालयले सम्बन्धित नगर पालिका तथा गाउँपालिका मार्फत आवश्यक समन्वय गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्र मा दैनिक प्रतिवेदन पठाउने निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमण बढ्दै गई रहेको वर्तमान अवस्थामा अत्यावश्यक बस्तु, दैनिक उपभोग्य सामग्रीको आपूर्ति व्यवस्थालाई चुस्त, दुरुस्त राख्न उद्योग बाणिज्य संघले आवश्यक समन्वय गर्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराउने समेत निर्णय गरेको छ । कोभिड १९ संकमण रोकथाम तथा नियन्त्रणका लागि सबै सरकारी एवं गैर सरकारी संघ, संस्था, राजनीतिक दल, संचारकर्मी, उद्योगी, व्यवसायी, पेशाकर्मी, नागरिक समाज लगायत सबै सरोकारवाला तथा आम नागरिकहरुलाई जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न र गराउन आवश्यक भूमिका खेल्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अनुरोध समेत गरेको छ ।
कोभिड–१९ संकमण नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउने, जसमा कोभिड–१९ का लक्षण भएका सबै विरामीको पिसिआर परीक्षण गर्ने व्यवस्था सबै पालिकाहरुको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले मिलाउन समेत भनेको छ । जिल्लामा सञ्चालित सबै एम्बुलेन्सहरुलाई समन्वयात्मक रुपमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय मार्फत परिचालन गर्ने, जसको लागि १०० नम्बरमा सम्पर्क गरी सञ्चालन हुने व्यवस्था मिलाउने समेत निर्णय भएको छ । पालिका अन्तर्गत सञ्चालित एम्बुलेन्सको नम्बर, चालकको नाम तथा सम्पर्क नम्बर जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउन सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
एम्बुलेन्सहरु सञ्चालनका सबै खर्च सम्बन्धित पालिकाले व्यहोर्ने समेत भनेको छ । कोभिड–१९ पोजेटिभ देखिएका विरामीको ओसार पसार गर्न मन्थली न.पा.को यस पूर्व तयार पारिएको एम्बुलेन्स प्रयोग गर्ने र यसको लागि लाग्ने सम्पूर्ण खर्च सम्बन्धीत पालिकाले व्यहोर्ने निर्णयमा भनेको छ । कोभिड–१९ संकमण बढेको अवस्थामा जिल्लामा आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न तथा मुल्यवृद्धि गर्ने र खाद्य वस्तु तुकाउने लगायतका गैर्ह कानूनी कियाकलाप हुन तथा गर्न नदिन बजार जिल्ला प्रशासन कार्यालयको समन्वयमा अनुगमन गरी कानून बमोजिम कार्वाही गर्ने भनिएको छ ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि प्रत्येक नगरपालिका तथा गाउँपालिकाले आ–आफ्नो क्षेत्रमा कोभिड–१९ नियन्त्रण कार्ययोजना तयार गरी लागू गर्ने, बाहिरबाट आएका तथा संक्रमणको लक्षण भएका र संक्रमित माथि नियमित अनुगमन गरी संक्रमण नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउने र यसको जानकारी स्वास्थ्य कार्यालयलाई गराउने निर्णयमा उल्लोख गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

२०२५ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै, इन्टरनेसनल ताज नेपालमा ल्याउने पहिले सस्थानै आर.के. इन्टरटेन्मेन्ट ग्रुप हो मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी...

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गजपानिमा गए राति आगोलागि हुँदा दुई घर जलेर नष्ट भएको थियो । आगालागिबाट घरबार विहीन बनेका आगोलागि पीडित फस्टबहादुर श्रेष्ठको परिवारलाई मन्थली नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाले शनिवार बिहान राहत हस्तान्तरण गरेको छ । मन्थली...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...