जिल्ला समन्वयमा उम्मेदवार बनेका अधिकासं एमाले नेताले बुझाएनन् खर्च बिवरण

Written by meropradesh creator

२५ भाद्र २०७९, शनिबार

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार भई पराजित बनेका नेकपा एमालेका नेता तुलप्रसाद कडेल लगाएत १३ जना सदस्यले निर्वाचन आयोगले तोकेको समय बितिसक्दा समेत निर्वाचन खर्च बुझाएका छैनन् ।

जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार बनेका १८ जना मध्ये ५ जनाले खर्चको बिवरण समयमा नै प्रदेश निर्वाचन कार्यालयमा बुझाएको भएता पनि अन्य उम्मेदवारहरुले बिवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिए ।

निर्वाचन खर्च नबुझाउनेमा जिल्ला समन्वयमा उम्मेदवारी दिएका अधिकासं नेकपा एमाले तर्फका उम्मेदवार रहेका छन् । जसमा समन्वय प्रमुख र उपप्रमुखका उम्मेदवारी दिएका तुल प्रसाद कडेल, सुनिता सुनुवारले हालसम्म निर्वाचन खर्च बुझाएका छैनन् । त्यसैगरी निर्वाचन खर्च नबुझाउने एमालेका अन्य सदस्यहरुमा कृष्ण बहादुर सार्की, भोजराज कडरिया र बालाकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा सुमित्रा राई (सुनुवार), सिर कुमारी श्रेष्ठ, उर्मिला मुङराती र अल्पसंख्यक सदस्यका उम्मेदवार लाछिरी शेर्पा रहेका छन् ।

यसवाहेक गठवन्धनका  नेकपा माओवादी केन्द्र तर्फका जिल्ला समन्वय समितिका सदस्य पदमा उम्मेदवारी दिएका विक्रम थापामगर, हिराकुमारी गिरी, डम्वर कुमारी रसाइली र अल्पसंख्यक सदस्यमा उम्मेदवारी दिएका विन्दा सार्कीले पनि निर्वाचन खर्च विवरण अहिलेसम्म नबुझाएको निर्वाचन आयोगले जनाएको छ ।


निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा भाग लिई उम्मेदवार वनेका उम्मेदवारले आफु उम्मेदवार भएको ७ दिनभित्र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने र सबै खर्चको बिवरणहरु प्रदेश जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा बुझाउनु पर्ने प्रावधान रहेको छ । त्यस्तै उम्मेदवारहरुले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ वमोजिम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएता पनि रामेछापमा भने कार्यान्वयन नभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार समयमा नै निर्वाचन खर्च बुझाउनेहरुमा नेपाली काँग्रेसको तर्फबाट समन्वय प्रमुखका उम्मेदवार बनेकी चिना कार्की र उप–प्रमुख पदमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापाले समयमा नै निर्वाचन खर्च बुझाएका छन् । त्यसैगरी नेपाली काँग्रेसको तर्फवाट समन्वय सदस्यमा उम्मेदवारी दिएका बीरवहादुर कार्की, बाबुलाल योञ्जन र अनिषा माझीले निर्वाचन खर्च समयमा नै बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...