जिल्ला  सहकारी संघको साधारण सभा सम्पन्न

Written by meropradesh creator

१८ कार्तिक २०८०, शनिबार

रामेछाप । रामेछाप जिल्ला सहकारी संघको छैंठौं बार्षिक साधारण सभा मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा शनिबार मन्थलीमा छैंठौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

जिल्ला सहकारी संघको छैंठौं बार्षिक साधारण सभाको उद्घाटन सभामा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली काँग्रेसका सभापती पूर्णबहादुर ( कान्छाराम ) तामाङ्गले रामेछाप जिल्लाका सहकारीहरुलाई अव उत्पादनसंग जोड्नु पर्ने बताएका छन् । सांसद तामाङ्गले सहकारी संस्थाहरुले वित्तिय कारोबारका अतिरिक्त उत्पादनशिल क्षेत्रमा समेत काम गर्नु पर्ने बताएका छन् । सांसद तामाङ्गले भने सहरकारी संस्थाहरुको ध्यान अब जलविद्युत, उद्योग, कृषि, पर्यटन तथा कलकारखाना संचालनतर्फ जानु पर्छ । उत्पादन संग जोड्न सकिएन भने हुन्न् । यो भन्दा अघि सहकारी कसरी चल्यो भन्ने हैन् । अब उत्पादन क्षेत्रमा लाग्न पर्छ अनि मात्र देशले आर्थिक विकास गर्न सक्छ । मुलुक आर्थिक संकटमा छ । अब सहकारीसंग रहेको पूँजी परिचालन गर्न सरकारले सक्नु पर्छ । त्यसो गरे देशको आर्थिक संकट हटाउन र देशको आर्थिक बिकासका लागि ठुलो योगदान पुर्याउन सकिने साँसद तामाङ्गलेले बताए ।

बार्षिक साधारण सभामा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, संघका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठ, जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष चन्द्र मानन्धर, जुनार सहकारी संघका अध्यक्ष पदम तामाङ्ग, जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापा लगायतका बक्ताहरुले सहकारी संघ संस्थाको बर्तमान अबस्था र चुनौतीका बारेमा आ आफ्नो धारणा राखेका थिए ।

साथै संघले साधारण सभाको अवसरमा फरक फरक ३ वटा विधामा सहकारी क्षेत्रमा योगदान पुर्याउने अभियान्ता तथा संस्थालाई सम्मान समेत गरेको छ । उत्कृष्ट सहकारी संस्थामा नवजागरण बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट सहकारी अभियान्तामा जनहित कोष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद कडरिया र उत्कृष्ट व्यबस्थापकमा मन्थली बचत तथा ऋण सहकारी संस्थाका व्यबस्थापक भेषबहादुर श्रेष्ठलाई सम्मान गरेको छ ।

सभाको बन्द सत्रले सचिव नविन केसीद्धारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक छत्र श्रेष्ठद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...