रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले फरार रामहरि कंडेललाई प्रकाउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–३ निवासी कंडेल बैकिङ कसुरको मुद्दामा दोषी ठहर भएपनि विगत १४ महिनादेखि फरार रहेका थिए ।्
२०७६ साल माघमा उच्च अदालत पाटनले सात दिन कैद र २ लाख रुपैयाँ तिर्नु पर्ने फैसला गरेको थियो । अदालतले गरेको फैसलाको ब्यवास्था गर्दै फरार रहेका कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलवार प्रकाउ गरेको हो । कंडेललाई जिल्ला प्रहरी कार्यालय रामेछाप बाट खटिएको प्रहरी टोलीले भक्तपुरको सुर्यविनाय नगरपालिका–४ ठिमीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठलेबताए
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...