रामेछाप । जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बागमती प्रदेश भित्रका प्रहरी कार्यलय मध्य उत्कृष्ट प्रहरी कार्यलय बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यलय मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकन गर्दै सिन्धुली जिल्ला प्रहरी कार्यलयलाई सम्मान गरेको हो । चालु आर्थिक वर्ष २०७८÷०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुको प्रशासनीक गतिविधी एवं सेवा प्रवाह प्रक्रियालाई प्रणालीबद्ध बनाउँदै प्रहरी परिचालन र दैनिक कार्य सम्पादनको अवस्थालाई प्रभावकारी, व्यवस्थीत एवं परिणामुखी बनाउने उद्देश्यले वार्षिक कार्यसम्पादन सम्झौता गरी कार्यान्वयन भईरहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखहरुबीच साउनमा भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार पछिल्लो तीन महिनाको मूल्याँकन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
कार्य सम्पादन सम्झौतालाई वस्तुनिष्ट बनाउन बागमती प्रदेश प्रहरी कार्यालयबाट तयार गरिएको मासिक मुल्यांकन मापदण्ड–२०७८ अनुसार सम्झौता गर्ने कार्यालयहरुको मासिक मुल्यांकन गरी कार्यसम्पादनको स्तर कायम गर्नुका साथै कार्यसम्पादनको क्रममा देखिएका कमिकमजोरीहरु सुधार गर्ने मौका समेत प्रदान गरिदै आईरहेको छ । उक्त मापदण्ड अनुसार प्रत्येक त्रैमासिक अवधीमा कार्यसम्पादनको मुल्यांकनमा सर्वोकृष्ट हुने कार्यालयलाई पुरस्कृत गर्ने व्यवस्था अनुरुप त्रैमासिक (२०७८ साल श्रावण, भाद्र र आसोज) को मुल्याजिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई उत्कृष्ट कार्य सम्पादनको उच्च कदर स्वरुप प्रशंसा पत्र प्रदान गरिएको हो ।