जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रदेशकै उत्कृष्ट बन्यो

Written by meropradesh creator

१८ कार्तिक २०७८, बिहीबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बागमती प्रदेश भित्रका प्रहरी कार्यलय मध्य उत्कृष्ट प्रहरी कार्यलय बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यलय मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकन गर्दै सिन्धुली जिल्ला प्रहरी कार्यलयलाई सम्मान गरेको हो । चालु आर्थिक वर्ष २०७८÷०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको हो ।


बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुको प्रशासनीक गतिविधी एवं सेवा प्रवाह प्रक्रियालाई प्रणालीबद्ध बनाउँदै प्रहरी परिचालन र दैनिक कार्य सम्पादनको अवस्थालाई प्रभावकारी, व्यवस्थीत एवं परिणामुखी बनाउने उद्देश्यले वार्षिक कार्यसम्पादन सम्झौता गरी कार्यान्वयन भईरहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखहरुबीच साउनमा भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार पछिल्लो तीन महिनाको मूल्याँकन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
कार्य सम्पादन सम्झौतालाई वस्तुनिष्ट बनाउन बागमती प्रदेश प्रहरी कार्यालयबाट तयार गरिएको मासिक मुल्यांकन मापदण्ड–२०७८ अनुसार सम्झौता गर्ने कार्यालयहरुको मासिक मुल्यांकन गरी कार्यसम्पादनको स्तर कायम गर्नुका साथै कार्यसम्पादनको क्रममा देखिएका कमिकमजोरीहरु सुधार गर्ने मौका समेत प्रदान गरिदै आईरहेको छ । उक्त मापदण्ड अनुसार प्रत्येक त्रैमासिक अवधीमा कार्यसम्पादनको मुल्यांकनमा सर्वोकृष्ट हुने कार्यालयलाई पुरस्कृत गर्ने व्यवस्था अनुरुप त्रैमासिक (२०७८ साल श्रावण, भाद्र र आसोज) को मुल्याजिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई उत्कृष्ट कार्य सम्पादनको उच्च कदर स्वरुप प्रशंसा पत्र प्रदान गरिएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...