जिल्ला बन कार्यालयको मिलेमतोमा लैजादै गरेको खयरको काठ प्रशासन द्वारा नियन्त्रण

Written by meropradesh creator

२९ जेष्ठ २०७९, आईतवार

रामेछाप । जिल्ला प्रसाशन कार्यलय रामेछापले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको छ । जिल्ला बन कार्यालयको मिलेमतोमा जंगलको खयरको काठ अबैध रुपमा काटी लैजान लागेको बेला जिल्ला प्रसाशन कार्यलय रामेछापले नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ अवैध भएको आशंकमा जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको हो । प्रशासनले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको छ ।

मन्थली नगरपालिका वडा नं. २ बाट खयरको काठ अवैध रुपमा निकासी हुन लागेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले काठ लोड गरिएको ५ वटा ट्रक नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नंं २ बाट ५ वटा ट्रकमा विरगञ्ज लैजान लागिएको २ हजार ५ सय क्यूफिट काठ नियन्त्रण लिएको हो । जिल्ला प्रशासन कार्यलय मार्फत काठ नियन्त्रणमा लिइएको र काठ लैजानको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा नभएसम्म नछोड्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मन्थली नगरपालिका वडा नं. २ का स्थानीयको निजी जमिनमा लगाएको खयरको काठ जिल्ला बन कार्यालय मार्फत आवश्यक प्रक्रिया पुरा गरेर बेच्च अनुमति दिए पनि सार्वजनिक जग्गामा रहेको काठ समेत काटेको भनि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । काठ ब्यक्तिको निजी जमिनमा मात्र काटिएको हो वा सार्वजनिक जग्गाको पनि काठ काटिएको छ भनि एकिन गरेर मात्रै नियन्त्रणमा लिइएको काठमा छोडिदिने वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए ।

डिभीजन बन कार्यालय रामेछापले भने दुःख दिने नियतले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताएको छ । काठ कटान गर्नु पहिले नै आवश्यक प्रक्रिया पुरा गरेर कटान गरिएको र काठ लैजाने बेलामा दुःख दिने नियतले अमुक ब्यक्तिले उजुरी दिएको डिभीजन बन कार्यालयको भनाई छ ।

निजी जमिनको रुख काट्ने नाउमा सार्वजनिक जग्गाको रुख कटान गरिएको भनि उजुरी परेपछि कटान गरिएको काठ सार्वजनिक जग्गाको भएको नभएको एकीन गर्न डिभीजन बन कार्यालय र नापी कार्यालयले कटान क्षेत्रमा कर्मचारी परिचालन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...