जिल्ला बन कार्यालयको मिलेमतोमा लैजादै गरेको खयरको काठ प्रशासन द्वारा नियन्त्रण

Written by meropradesh creator

२९ जेष्ठ २०७९, आईतवार

रामेछाप । जिल्ला प्रसाशन कार्यलय रामेछापले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको छ । जिल्ला बन कार्यालयको मिलेमतोमा जंगलको खयरको काठ अबैध रुपमा काटी लैजान लागेको बेला जिल्ला प्रसाशन कार्यलय रामेछापले नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ अवैध भएको आशंकमा जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको हो । प्रशासनले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको छ ।

मन्थली नगरपालिका वडा नं. २ बाट खयरको काठ अवैध रुपमा निकासी हुन लागेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले काठ लोड गरिएको ५ वटा ट्रक नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नंं २ बाट ५ वटा ट्रकमा विरगञ्ज लैजान लागिएको २ हजार ५ सय क्यूफिट काठ नियन्त्रण लिएको हो । जिल्ला प्रशासन कार्यलय मार्फत काठ नियन्त्रणमा लिइएको र काठ लैजानको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा नभएसम्म नछोड्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मन्थली नगरपालिका वडा नं. २ का स्थानीयको निजी जमिनमा लगाएको खयरको काठ जिल्ला बन कार्यालय मार्फत आवश्यक प्रक्रिया पुरा गरेर बेच्च अनुमति दिए पनि सार्वजनिक जग्गामा रहेको काठ समेत काटेको भनि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । काठ ब्यक्तिको निजी जमिनमा मात्र काटिएको हो वा सार्वजनिक जग्गाको पनि काठ काटिएको छ भनि एकिन गरेर मात्रै नियन्त्रणमा लिइएको काठमा छोडिदिने वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए ।

डिभीजन बन कार्यालय रामेछापले भने दुःख दिने नियतले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताएको छ । काठ कटान गर्नु पहिले नै आवश्यक प्रक्रिया पुरा गरेर कटान गरिएको र काठ लैजाने बेलामा दुःख दिने नियतले अमुक ब्यक्तिले उजुरी दिएको डिभीजन बन कार्यालयको भनाई छ ।

निजी जमिनको रुख काट्ने नाउमा सार्वजनिक जग्गाको रुख कटान गरिएको भनि उजुरी परेपछि कटान गरिएको काठ सार्वजनिक जग्गाको भएको नभएको एकीन गर्न डिभीजन बन कार्यालय र नापी कार्यालयले कटान क्षेत्रमा कर्मचारी परिचालन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...