जिल्ला अस्पतालका आइसोलेसन बेड खाली हुँदै

Written by meropradesh creator

२४ जेष्ठ २०७८, सोमबार

रामेछाप । कोरोना संक्रमित बिरामीहरुको लागि तयार गरिएको जिल्ला अस्पताल रामेछापका आइसोलेसनका बेड खाली हुँदै गएका छन् ।
संक्रिय कोरोना संक्रमितहरु राख्नको लागि तयार गरिएको जिल्ला अस्पताल रामेछापका आइसोलेसन बेड खाली हुने क्रम बढेको हो । हाल जिल्ला अस्पताल रामेछापमा रहेको ३० वडा बेडहरु मध्ये १४ वेडमा मात्रै बिरामी रहेको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रीनले जानकारी दिए ।
उनले भने– हाल जिल्लामा कोरोना लागेको संक्रिय संक्रमितहरु धेरै भएता पनि गम्भिर प्रकृतीका विरामीहरुलाई मात्रै जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेका छौं । कोरोनाबाट स्वास्थ्य अवस्था जटिल भएका विरामीहरुको प्रत्यक्ष स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्नु पर्ने मात्रै विरामीहरुलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार गरिएको अध्यक्ष पाख्रीनले बताए ।


कोरोना लागेका तर संक्रमितको अवस्था सामान्य भएका विरामीहरुको हकमा उनीहरुलाई घरमा नै होम आइसोलेसनमा बस्न र स्वास्थ्यमा समस्या भएमा मात्रै जिल्ला अस्पतालमा खबर गर्न जिल्ला अस्पतालले जानकारी गराएको हो । कोरोना संक्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको बिषयमा स्वास्थ्यकर्मीहरुले जानकारी लिने र उनीहरुलाई समस्या भएको खण्डमा तत्काल स्वास्थ्यकर्मीहरु घरघरमा नै पठाउने गरी तयार गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
रामेछापमा दोश्रो कोरोनाको लहरसँगै कोरोना संक्रमित हुनेको संख्या १ हजार ५ सय ८१ जना पुगेको छ । जसमा पिसिआर मार्फत परीक्षण गर्दा १ हजार १ सय ४ जना र एन्टिजेन परीक्षणबाट ४ सय ७७ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लामा पछिल्लो केही दिन यता परीक्षण दर घटेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...