जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।

 देशभर रहेका १५ शय्याका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको उल्लेख छ । मापदण्ड मूल्याङ्कन समितिले बुधवार अस्पताल व्यवस्थापन समिति सबै स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको समेतको रोहवरमा जिल्ला अस्पताल रामेछापमा एक औपचारिक कार्यक्रम गरी आफ्नो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । टोलीले सरकारी सूचकका आधारमा  लामो समय लगाएर मसिनो गरी गरेको मुल्याकनमा जिल्ला अस्पताल रामेछापलाई उछिन्दै, जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अङ्क पाएर पहिलो  र सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल  ९२ प्रतिशत अङ्क पाएर दोस्रो हुन सफल भएको जानकारी पनि उक्त समितिले गराएको थियो ।

 आफ्नो सेवालाई भर लाग्दो र नागरिक मैत्री सेवामा समर्पित  गराउँदै आएको जिल्ला अस्पताल रामेछाप सरकारद्वारा गठित  जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शय्या अस्पतालहरूमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो 

      २०७७ को  मूल्याङ्कनमा ६८ प्रतिशत,२०७८ मा ५७ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले २०७९ मा ८७ प्रतिशत र  २०८० सम्म आइपुग्दा भने त्यसमा बढवा गरी  ९१ प्रतिशत अङ्क पाएको जानकारी मूल्याङ्कन समितिका संयोजक कोसी अस्पतालका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर  डा दीपेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले अस्पतालको स्मार्ट नेतृत्व सँगै स्मार्ट स्टाफको स्मार्ट सेवाले आफूहरूलाई थप प्रभावकारी बनाएको भन्दै आगामी वर्ष यसमा अझै सुधार गर्नका लागि पनि व्यवस्थापन पक्ष सँग आग्रह गरेका छन्  ।  

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...