जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।

 देशभर रहेका १५ शय्याका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको उल्लेख छ । मापदण्ड मूल्याङ्कन समितिले बुधवार अस्पताल व्यवस्थापन समिति सबै स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको समेतको रोहवरमा जिल्ला अस्पताल रामेछापमा एक औपचारिक कार्यक्रम गरी आफ्नो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । टोलीले सरकारी सूचकका आधारमा  लामो समय लगाएर मसिनो गरी गरेको मुल्याकनमा जिल्ला अस्पताल रामेछापलाई उछिन्दै, जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अङ्क पाएर पहिलो  र सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल  ९२ प्रतिशत अङ्क पाएर दोस्रो हुन सफल भएको जानकारी पनि उक्त समितिले गराएको थियो ।

 आफ्नो सेवालाई भर लाग्दो र नागरिक मैत्री सेवामा समर्पित  गराउँदै आएको जिल्ला अस्पताल रामेछाप सरकारद्वारा गठित  जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शय्या अस्पतालहरूमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो 

      २०७७ को  मूल्याङ्कनमा ६८ प्रतिशत,२०७८ मा ५७ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले २०७९ मा ८७ प्रतिशत र  २०८० सम्म आइपुग्दा भने त्यसमा बढवा गरी  ९१ प्रतिशत अङ्क पाएको जानकारी मूल्याङ्कन समितिका संयोजक कोसी अस्पतालका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर  डा दीपेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले अस्पतालको स्मार्ट नेतृत्व सँगै स्मार्ट स्टाफको स्मार्ट सेवाले आफूहरूलाई थप प्रभावकारी बनाएको भन्दै आगामी वर्ष यसमा अझै सुधार गर्नका लागि पनि व्यवस्थापन पक्ष सँग आग्रह गरेका छन्  ।  

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...