रामेछाप । रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–७ भुजीमा बा ११ ज ५९३५ नम्वरको जीप शनिवार साँझ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिमेकी ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिकाका ३५ वर्षिय नारायण बहादुर मगरको ज्यान गएको हो । उक्त गाडी रामेछापको उमाकुण्ड–७ भुजीवाट काठमाण्डौं तर्फ जान हिडेको थियो । भुजीवाट हिडेको केही समयमानै गाडी दुर्घटनामा परेको र चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीले जानकारी दिए । उनले भने–गाडी दुर्घटनाको बिषयमा अनुसन्धान भइरहेको छ ।